काठमाडौं । अल नेपाल अन्तरवडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भक्तपुर-५ ले स्वर्ण पदक जितेको जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार भएको फाइनलमा भक्तपुर-५ ले काठमाडौं- २ लाई ३-१ ले पराजित गर्यो । भक्तपुर २ र ललितपुर १२ ले संयुक्तरुपमा तेश्रो स्थान स्थान हासिल गरे ।
भक्तपुर-५ को टोलीमा दिया देउला, नर्मदा खाइतु, समिरा सैजु, साइना लिबी र काजलकुमारी देउला तथा काठमाडौं- २ को टोलीमा शुभश्री श्रेष्ठ, रविना महर्जन र आर्सिया मानन्धर थिए ।
स्पिन इभेन्ट प्रालिद्धारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं-२९ की इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा ललितपुर-११ की सर्मिला शाक्यलाई १२-१०, ११-७ र ११-८ को सोझो सेटमा हराइन् । काठमाडौं २९ की सम्झना पोखरेल र ललिपतुर ९ की विजेता व्यञ्जन्कार तेश्रो भए ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा करिब ४५० खेलाडीले विभिन्न ११ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।