काठमाडौं । बायर्न ब्युनिखले युइएफए च्याम्पियन्स लिगमा मंगलबार पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध १-० को कठिन जित निकालेको छ ।
जितसँगै पाँच खेलमा ९ अंक जोडेको बायर्न ११औं स्थानमा छ । पराजित पिएसजी समान खेलबाट चार अंकका साथ २६औं स्थानमा छ ।
एलियान्ज ऐरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन किम मिन जेले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
खेलको ३८औं मिनेटमा कर्नरबाट आएको बललाई पिएसजीका गोलकिपर माटिभ सफोनोभले पञ्ज गर्दै बचाए पनि रिबान्डलाई जेले हेडमार्फत पोस्टको दिशा दिए ।
लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा लेभरकुसनले रेडबुल साल्जबर्गलाई ५-० र एटलान्टाले योङ्ग ब्वाइजलाई ६-१ ले पराजित गरे ।
भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ