काठमाडौं । ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार सेमिफाइनल प्रवेश गरेका छन् ।
धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४-१६ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा आहाना खड्काले सात अंक योगदान गरिन् । आइरिन राणाको ६ अंक सहयोगमा न्युटनले फेरिल्यान्डलाई १७-१६ को साँघुरोअन्तरले हरायो ।
सिनियर ब्वाइजमा किङडमले जिनियस वर्ल्ड ४६-३५ तथा न्युटनले भ्याली पब्लिकलाई ५८-४५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङडमका मिङमा लामाले २० तथा न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।
जुनियर ब्वाइजमा जेबी स्कुलले लालीगुराँस नेसनल एकेडेमीलाई १९-१३ ले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गर्यो। जेबीका गौरव ओलीले ११ अंक जोडे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
