काठमाडाैं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) र जेबी स्कुल १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार विजयी भएका छन् ।
बिएनएले रिलायन्स पब्लिकलाई २३-१८ ले पराजित गर्यो । बिएनएको जितमा दिपक तामाङले ९ अंक योगदान गरे । गौरव ओलीको ११ अंक सहयोगमा जेबीले भद्रकालीलाई २७-२१ ले हरायो ।
सोही स्पर्धामा गोल्डेनपिकले आयोजक ग्रिनल्यान्डलाई २९-२४ ले पराजित गर्यो ।
यसैगरी सिनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ५३-४७, जेबी स्कुलले फेरिल्यान्डलाई ३७-३१, पारमाउन्ट एकेडेमीले सरस्वतीलाई ५०-४१ र हेम्सले एचएचसिएलाई ५३-४१ ले निरास बनाए ।
यता सिनियर गर्ल्समा ल्यान्डमार्कले नव दीक्षितलाई २३-१७ तथा फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४-२१ ले पराजित गरे ।
भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
