भाद्र ९, २०८२ मंगलबार | २०:५९:१२
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप

काठमाडौं ।  एचएचसिए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।  शनिबार सम्पन्न प्रतियोगितामा एचएचसिए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्सतर्फ पहिलो भए ।

म्ण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१-१४ ले पराजित गर्यो । एचएचसीएका सुशान्त बमजनले  सर्वाधिक १० स्कोर गरे ।  विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै  ‘बी’ टिमलाई १८-१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले  सर्वाधिक सात अंक जोडिन् । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

दुवैतर्फका विजेताले १० हजार र उपविजेताले सात हजार रुपैयाँ प्राप्त गरे । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गर्ल्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा-८ का अध्यक्ष सुमन तामाङ, बूढानीकलण्ठ नगरपालिका वडा-९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, निब्स विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतो, काठमाडौं प्याब्सनका सहसचिव नारायण रोक्कालगायतले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP