चैत्र ११, २०८२ बुधबार | १६:३७:२०
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन

काठमाडौं । नेपाली फुटबलको ‘घर’ दशरथ रंगशालामा राष्ट्रिय पुरुष टिमको खेल हेर्ने नेपाली फुटबलप्रेमीको प्रतिक्षा अनिश्चित कालका लागि लम्बिने भएको छ ।

साउदी अरेबियामा २०२७ मा हुने एएफसी एसियन कपको छनोटअन्तर्गत भियतनाम र मलेसियाविरुद्धका घरेलु खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई अझै योग्य नमान्दा नेपाली फुटबलको घर प्रतिस्पर्धा आयोजनाबाट बञ्चित भएको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गत २०२३ को नोभेम्बर १७ मा यमनविरुद्धको खेलयता दशरथ रंगशालामा फिफा र एएफसीको कुनै पनि पुरुष प्रतियोगिता आयोजना हुन सकेको छैन । एन्फाको आन्तरिक राजनीतिका कारण दशरथ रंगशालालाई कृत्तिम रुपमा असुरक्षित रुपमा प्रस्तुत गरिँदा एएफसीले नेपाललाई घरेलु खेल आयोजनाबाट बञ्चित गरेको थियो ।

जसका कारण त्यसयता नेपालले आफ्ना सबै घरेलु खेलहरु विपक्षीको मैदानमा वा आफूले प्रस्ताब गरेका तटस्थ मैदानमा खेल्दै आएको छ । घरेलु मैदान र समर्थकको फाइदाबाट बञ्चित हुँदा राष्ट्रिय टोलीको नतिजा प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएको छ ।

एसियन कपको छनोटअन्तर्गत नेपालले आगामी अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ मा मलेसियासँग घरेलु खेल खेल्ने तालिका छ । त्यसअघि नेपालले अक्टोबर ९ मा भियतनामसँग उसकै मैदानमा अवे खेल खेल्नेछ । तर घरेलु खेलका लागि अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा खेल गराउनका लागि गरेको प्रस्ताब एएफसीले अस्वीकार गरेको छ ।

एएफसीले अन्तर्राष्ट्रिय खेल गराउनका लागि दशरथ रंगशाला योग्य भइनसकेको र अभ्यासका लागि एन्फाले प्रस्ताब गरेको च्यासल तथा नेपाली सेनाको मुख्यालयस्थित मैदानको अवस्था पनि फुटबलका लागि लायक नरहेको भन्दै तटस्थ मैदान प्रस्ताब गर्न एन्फालाई भनेको छ ।

दशरथ रंगशाला तथा एन्फाले प्रस्ताब गरेका अभ्यास मैदानहरुको निरिक्षण गर्न यही अगस्ट १० मा एएफसीको प्रतिनिधि मण्डल काठमाडौं आएको थियो । निरिक्षण टोलीको प्रतिवेदनका आधारमा दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल आयोजनाको स्वीकृति दिन नसकिने एएफसीका सहमहासचिव शिन मान गिलले बताएका छन् ।

गिलले एन्फा महासचिव किरण राईलाई पत्र लेख्दै ‘भियतनाम र मलेसियाविरुद्धका खेल गर्न दशरथ रंगशाला तथा च्यासल र सेनाको मैदान अभ्यासका लागि लायक नरहेको कारण तटस्थ मैदान प्रस्ताब गर्न’ भनेका छन् ।

पत्रमा गिलले रंगशालाको फ्लड लाइटको अवस्था ठिक नभएको, मैदान कामचलाउ मात्र भए पनि पानी हाल्ने र निकासको व्यवस्था दयनीय रहेको, विगतमा पटक–पटक सचेत गराउनाका बावजुद खेलाडी, टिम अधिकारी, खेल अधिकारी, भिआइपी, भिभिआइपी, मिडियालगायतका सरोकारवाला छिर्ने र निस्कने मुख्य द्धार एउटैमात्र रहँदा सुरक्षाको खतरा यथावत रहेको, प्यारापिटका सिटहरुमा कुनै मार्किङ नभएकोलगायतका कारण देखाउँदै नेपालमा खेल हुन नसक्ने उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला योग्य भए–नभएको जाच्न यसअघि २०२४ को अगस्ट यसैवर्षको जनवरीमा पनि एएफसीको टोली काठमाडौं आएको थियो । प्रत्येक पटक एएफसीले उही समस्या देखाएर सुधारका लागि अनुरोध गर्नाका बावजुद अझैसम्म पनि अवस्था यथावत रहेकोमा गिलले निराशा पनि व्यक्त गरेको एन्फाका एक अधिकारीले खेलाडीलाई जानकारी गराए ।

खेलाडी, अधिकारी, मिडिया, भिआइपी, भिभिआइपी लगायतका सरोकारवाला छिर्न तथा निस्कनका लागि फरक ढोकाको व्यवस्था गर्न गरेको अनुरोधलाई पूर्ण रुपमा बेवास्था गरिएकोमा एएफसीले निराशा व्यक्त गरेको बताइएको छ । गिलले पछिल्लो पटक गएको जनवरी २५ मा पत्र लेख्दै यी विषयमा सुधार गर्न भने पनि कुनै सम्बोधन नभएको पछिल्लो पत्रमा उल्लेख गरेका छन् ।

लाओस पनि रहेको समूह ‘एफ’मा २ खेल सकिँदा अंकको खाता खोल्न पनि नसकेको नेपाल पुछारमा छ । ६ अंकका साथ मलेसिया शीर्ष स्थानमा रहँदा समान तीन अंक जोडेका भियतनाम र लाओस दोस्रो तथा तेस्रो स्थानमा छन् ।

नेपालले मलेसिया तथा लाओसविरुद्धका अवे खेलमा नतिजा गुमाइसकेको छ । गएको मार्च २५ मा मलेसियासँग २–० तथा जुन १० मा लाओससँग २–१ को नतिजामा हार स्वीकारेको नेपालले लाओसविरुद्धको घरेलु खेल अर्को वर्ष मार्च ३१ मा खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो