काठमाडौं । नेपालले ट्वान्टी-२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो ।
एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए ।
एसिटीका लागि एसिटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबे समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७।२ ओभरमा ९६ रनमै समेटियो । एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक विकेट लिए ।