भाद्र ९, २०८२ मंगलबार | १४:३९:५२
दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित

नेपालले एसिटीलाई हरायो

फाइल तस्विर ।

काठमाडौं । नेपालले पहिलो अभ्यास ट्वान्टी-२० खेलमा मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध ४१ रनको जित दर्ता गरेको छ ।

नेपालले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा समेटियो ।

एसिटीका लागि जेक स्मिथले ३३ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए । यसैगरी काइ ब्रुनकरले अविजित २७, ज्याक केओघले २५ र स्कट मुर्नले ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा ३७ रन खर्चिएर  ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिए । यसैगरी करण केसीले दुई तथा गुल्शनकुमार झा, कुशल भुर्तेल र रुपेशकुमार सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।  

नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपन्द्रसिंह ऐरीले २१ रन बनाए।

एसिटीका लागि लुइस इभन्स, देव दुबे, इसाम रहमान र काइ ब्रुनकरले समान दुई विकेट लिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP