फाल्गुन २५, २०८२ सोमबार | ११:४०:५७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

एथलेटिक्समा बागमती च्याम्पियन

एथलेटिक्सका कीर्तिमानधारी ।

काठमाडौं । राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्यो ।  बागमतीका लागि अनिशा थारु र प्रवीण रानामगरले समान चार स्वर्ण पदक  हात पारे ।

प्रवीणले छात्र १००, २०० मिटर दौड, ४ गुणा १०० र ४ गुणा ४००मिटर रिलेमा स्वर्ण पदक जिते । अनिशाले छात्रा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १०० र ४ गुणा ४००मिटर रिलेमा स्वर्ण चुमिन् । अनिशाले ४०० मिटर दौडमा रजत पदक पनि प्राप्त गरिन् ।

सुदूरपश्चिम समान सात स्वर्ण, रजत र कांस्य पदककासाथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले तीन स्वर्ण, पाँच रजत र ६ कांस्य पदक हात पार्यो ।

कर्णालीले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य तथा लुम्बिनीले एक स्वर्ण, पाँच रजत र  पाँच कांस्य पदक जिते।  कोशीले तीन  रजत पदक जित्दा मधेश पदकविहीन रह्यो ।

उसुमा पनि बागमतीको वर्चश्व

उसुमा पनि बागमती आठ स्वर्ण, दुई रजत र एक कांस्य  पदकका साथ च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको स्पर्धामा सुदूरपश्चिम तीन स्वर्ण,  सात रजत र दुई कांस्य हात पार्दै दोस्रो स्थानमा रह्यो । तेश्रो भएको लुम्बिनीले एक स्वर्ण र दुई कांस्य  पदक प्राप्त गर्यो । १२ स्पर्धा समावेश उसुमा बाँकी चार प्रदेश स्वर्णविहीन बने ।

अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे । दुवै बागमतीका हुन् ।

सान्सौंको छात्र ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरीले स्वर्ण पदक प्राप्त गरे ।

यसैगरी छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तानले स्वर्ण पदक चुमे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||