माघ ३, २०८२ शनिबार | १०:०२:३०
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र/छात्राको ४ गुणा ४०० मिटर रिलेमा कीर्तिमान बने । पहिलो दिन बागमतीका प्रवीण राना मगरले छात्र १०० मिटर तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४०० मिटर दौडमा कीर्तिमान बनाएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै ५७.४० मिटरको नयाँ कीर्तिमा बनाए ।

उनले २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान तोडे। कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो  भए ।

छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डको समय निकाल्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले  नयाँ कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान भंग गरिन्। बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए ।

छात्र ४ गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले ३ मिनेट ३०‍.९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय किर्तिमानका साथ स्वर्ण पदक हात पारे ।

यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले ४ मिनेट १२.८ सेकेन्डको नयाँ कीर्तिमान स्थापित गरे । यसअघि २०८१ सालमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको टोलीले ४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे ।

छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य  पदक जिते ।

छात्र ८०० मिटर दौडमा  २ मिनेट ०२.७ सेकेन्डको साय निकाल्दै सुदूरपश्चिमका विक्रम विष्टले स्वर्ण पदक चुमे । धीरेन्द्र विकले रजत तथा लुम्बिनीका आयुश थारुले कांस्य पदक हात पारे ।

छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो भए ।

सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले ५.१८ मिटर जम्प गर्दै स्वर्ण पदक प्राप्त गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य पदक जिते ।

एथलेटिक्समा हालसम्म १८ स्वर्ण पदकको टुंगो लागेको छ । तेश्रो तथा अन्तिम दिन शुक्रबार बाँकी आठ स्वर्ण पदकको छिनोफानो हुनेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate