मंसिर २८, २०८२ आइतबार | ०४:५२:५९
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

टेबल टेनिसको स्वर्णमा बागमतीको ‘क्लिन स्विप’

काठमाडौं । बागमती प्रदेशले यु-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत टेबल टेनिसको स्वर्णमा सोमबार ‘क्लिन स्विप’ गरेको छ । 

टेबल टेनिसमा चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जन पहिलो भए । 

फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११-६, ११-७, ७-११, १४-१२ तथा अर्सनाले आफ्नै प्रदेशकी साइरा शाक्यलाई ११-६, ११-९, ११-९ को सेटमा पराजित गरे ।

छात्रमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तथा छात्रामा लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेश्रो भए ।

छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११-९, ११-७, ११-६ को सोझो सेटमा हराए । गण्डकीका सुगम पौडेल र दीपनिशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडी तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११-१, ११-४, ११-२ को सोझो सेटमा निरास बनाए । लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका श्रृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य पदक हात पारे ।

विजेतालाई राखेपका कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

रग्बीमा मधेश र सुदूरपश्चिम च्याम्पियन

रग्बीका स्वर्ण पदक विजेता । 

यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत रग्बी सेभेन्सको छात्रमा मधेश र छात्रामा सुदूरपश्चिम च्याम्पियन बनको छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्यो । निर्धारित समयमा दुवै पक्षबाट स्कोर हुन नसकेपछि मधेशले अतिरिक्त समयमा एक ‘ट्राइ’ गर्दै स्वर्ण पदक चुम्यो । गण्डकी तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले कर्णालीलाई ‘थ्री नकअन’ का आधारमा पछि पार्यो । बागमती तेश्रो स्थानमा रह्यो ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमाल श्रेष्ठलगायतले पुरस्कृत गरे ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II