भाद्र ९, २०८२ मंगलबार | २०:५६:५१
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

टेबल टेनिसको स्वर्णमा बागमतीको ‘क्लिन स्विप’

काठमाडौं । बागमती प्रदेशले यु-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत टेबल टेनिसको स्वर्णमा सोमबार ‘क्लिन स्विप’ गरेको छ । 

टेबल टेनिसमा चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जन पहिलो भए । 

फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११-६, ११-७, ७-११, १४-१२ तथा अर्सनाले आफ्नै प्रदेशकी साइरा शाक्यलाई ११-६, ११-९, ११-९ को सेटमा पराजित गरे ।

छात्रमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तथा छात्रामा लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेश्रो भए ।

छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११-९, ११-७, ११-६ को सोझो सेटमा हराए । गण्डकीका सुगम पौडेल र दीपनिशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडी तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११-१, ११-४, ११-२ को सोझो सेटमा निरास बनाए । लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका श्रृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य पदक हात पारे ।

विजेतालाई राखेपका कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

रग्बीमा मधेश र सुदूरपश्चिम च्याम्पियन

रग्बीका स्वर्ण पदक विजेता । 

यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत रग्बी सेभेन्सको छात्रमा मधेश र छात्रामा सुदूरपश्चिम च्याम्पियन बनको छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्यो । निर्धारित समयमा दुवै पक्षबाट स्कोर हुन नसकेपछि मधेशले अतिरिक्त समयमा एक ‘ट्राइ’ गर्दै स्वर्ण पदक चुम्यो । गण्डकी तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले कर्णालीलाई ‘थ्री नकअन’ का आधारमा पछि पार्यो । बागमती तेश्रो स्थानमा रह्यो ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमाल श्रेष्ठलगायतले पुरस्कृत गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP