भाद्र ९, २०८२ मंगलबार | २०:५४:२३
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । लुम्बिनीले चार स्वर्ण पदक हात पार्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजत साथ दोश्रो भयो । 

यसैगरी गण्डकी र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ संयुक्तरुपमा तेश्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक स्वर्ण पदक जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोश्रो तथा अन्तिम दिन सोमबार छात्र/छात्रामा समान तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २०० मिटर दाैडमा गण्डकीका हेमराज चौधरीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरीले रजत तथा कोशीका नितेश भट्टराई कांस्य पदक हात पारे ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु ३१.४ सेकेन्डका साथ पहिलो भइन् । कोशीकी अस्मिता लाम्गाडे दोश्रो तथा मधेशकी वर्षा योञ्जन तेश्रो  स्थानमा रहे ।

छात्र ८००मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले २ मिनेट ०७‍‍.४ सेकेन्ड समय निकाले । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य पदक हात पारे ।

याे स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्डका साथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोश्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेश्रो भए ।

छात्र ४ गुणा १०० मिटर रिले दाैडमा मधेश पहिलो, कोशी दोश्रो र गण्डकी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP