भाद्र ९, २०८२ मंगलबार | २०:४७:१३
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

अदित्य र प्रकृतिलाई स्वर्ण

काठमाडौं । मधेश प्रदेशका अदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा  प्रकृति छात्रामा पहिलाे  भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।

राष्ट्रिय खेलकुद परिषद(राखेप) काे आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिइन् । कर्णालीकी गोमा शाहीले रजत तथा सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कांस्य पदक हात पारे ।

छात्र ४०० मिटर दौडमा गण्डकी प्रदेशका आयन रानाले स्वर्ण पदक हात पारे । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोश्रो तथा कोशीका प्रियान्शु शाह तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड का साथ पहिलो भइन् ।  गण्डकीकी आराध्या चालिसे दोश्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेश्रो स्थानमा रहे ।  ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोश्रो तथा सुदूरपश्चिमका मोहन परियार तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरीले स्वर्ण पदक हात पारिन् । कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेश्रो भए ।

१२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई तथा काेशी, गण्डकी, मधेश र लुम्बिनीले समान एक स्वर्ण जितेका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP