काठमाडौं । न्युटन र भ्याली पब्लिक आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा उपाधि नजिक पुगेका छन् ।
शनिबार न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९-२० ले पराजित गर्यो । न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे । अशोक विकको २३ अंकको सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१-२७ ले हरायो ।
बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४-२८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । ग्रिनल्यान्डले केभिकेएसएसलाई ३८-२७ ले निरास बनायो । ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3