काठमाडौं । न्युटन र भ्याली पब्लिक आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा उपाधि नजिक पुगेका छन् ।
शनिबार न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९-२० ले पराजित गर्यो । न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे । अशोक विकको २३ अंकको सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१-२७ ले हरायो ।
बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४-२८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । ग्रिनल्यान्डले केभिकेएसएसलाई ३८-२७ ले निरास बनायो । ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
