चैत्र ९, २०८२ सोमबार | १४:०५:०९
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो ।

यस्तै आयाजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले १ स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो ।

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति  संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक्स खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पधा भएको थियो । २ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रोदिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो