चैत्र ६, २०८२ शुक्रबार | ०७:०९:२५
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

फेडेररले चाहे जस्तै बिदाई

लन्डन । राफेल नाडालसँग एकै टिमबाट खेलेर व्यावसायिक टेनिसबाट बिदा हुँदै गर्दा शुत्रबार राति रोजर फेडेरर भावविव्हल भए । टेनिसका सर्वकालिन महान् खेलाडीमध्ये एक ४१ वर्षीय फेडेरर अन्तिम पटक कोर्टमा उत्रिँदा दर्शहरुले गड्(गडहात तालीले स्वागत गरेका थिए ।

पूर्व विश्वनम्बर एक तथा २० पटकका ग्रान्डस्लाम च्याम्पियन फेडेरर टेनिस इतिहासकै महान् खेलाडीमध्ये एक हुन् ।

‘यो भव्य दिन भयो । म खुशी छु, दुःखी होइन । यहाँ हुन पाउँदा मलाई एकदमै खुशी लागेको छ,’ फेडेररले भने ।

लन्डनस्थित ओटू एरिनामा नाडाल र अन्य खेलाडीसँग अंकमाल गरिरहँदा समर्थकले उनको नाम गुञ्जयमान बनाएका थिए । यत्तिकैमा फेडेररले आँसु थाम्न सकेनन् ।

नाडलले पनि आफूलाई सम्हाल्न सकेनन् । एली गोल्डिङको सम्झनलायक नृत्य चलिरहँदा फेडेररको छेवैमा बसेका ३६ वर्षीय नाडाल पनि रोए ।

फेडेरर र नाडाल टेनिसमा लामो समयदेखिका ‘राइभल’ हुन् । फेडेरर करियरको अन्तिम खेलमा नाडालसँग एकै टिममा उत्रिए, जब उनीहरुले युरोप र बाँकी विश्वबीचको टिम इभेन्टमा सहभागी हुनुपर्ने भयो । फेडेरर र नाडालले अमेरिकी टिम ज्याक सक र फ्रान्सेस टियाफोको टिमसँग खेलेको थियो ।

फेडेररले पछिल्लो एक वर्षमा प्रतियोगिता नखेले पनि भेटेरान जोडीले लेभर कपको पहिलो दिन अमेरिकी टिमलाई ४–६ ७–६ (७–२) ११–९ को प्रतिस्पर्धात्मक चुनौती दिएको थियो ।

‘फेडल’ उपनाम पाएको फेडेरर र नाडालको जोडी जितको एकदमै नजिक पुगिसेकको थियो । फेडल जोडीले ‘डिसाइडर’ सेटमा ९–८ को म्याच प्वाइन्टमा पुगेको थियो । तर, फेडेररको प्रहार नेटमै अल्झिएपछि त्यो अवसर गुमेको थियो ।

त्यो हारसँगै विश्व टेनिसका पर्याय बनेका फेडेररको २५ वर्ष लामो करियर समाप्त भयो । नाडालसँगै टिमबाट खेलेको ‘आइकोनिक’ खेल फेडेररको करियरको १ सय ७ सय ५०औं प्रतिस्पर्धात्मक खेल थियो ।

‘यो एउटा उत्कृष्ट यात्रा रह्यो, म फेरि यो यात्रा गर्न चाहन्छु,’ आसु रोक्न खोज्दै फेडेररले भने ।

फेडेररले चाहे जस्तै विदाई

पछिल्लो दुई वर्षयता घुँडाको समस्याले ग्रस्त भएका फेडेररको करियर ओरालो लागिरहेको थियो । घुँडाको चोटबाट मुक्ति पाउन उनले त्यसयता नै तीन पटक शल्यक्रिया गरिसकेका छन् ।

गत वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा पोल्यान्डका होबर्ट हुर्काजविरुद्धको खेलपनि उनले प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन् ।

सन् २०२० यताका ११ मध्ये तीन ग्रान्डस्लाम मात्रै खेल्न सकेका फेडेरर पुनरागमनको आसमा थिए । तर, फिटनेसको अझ खराब रिपोर्ट आएपछि उनले गत साता लेभरकप आफ्नो करियरको अन्तिम प्रतियोगिता हुने बताएका थिए ।

फेडेररले आफ्नो अन्तिम खेल बिदाईभन्दा पनि खुशीको क्षण होस भन्दै पार्टी गर्न चाहेको बताएका थिए । उनले चाहेजस्तै ओटू एरिनामा शुक्रबार राति १७ हजार ५ सय समर्थक थिए ।

पत्नी मिर्का, चार सन्तान र आमाबुबाका अगाडि फेडेरर अन्तिम पटक कोर्टमा उत्रिँदै गर्दा उनका हरेक ‘मुभ’ आनन्द र सहानुभूतीसहित हेरिँदै थियो ।

मार्मिक ‘सेलिब्रेसन’ चलिरहँदा फेडेररको परिवार पनि कोर्टमा उनीसँगै थियो । जसका कारण अझै धेरै आसु बग्यो । अन्य टेनिस खेलाडीहरु पनि भावविह्वल देखिन्थे । टेनिस खेलाडीहरुले फेडेररलाई उपाधि जितेपछि प्रशिक्षकलाई फुटबल खेलाडीलेझैं उचालेर फहराएका थिए ।

‘यहाँ उपस्थित सबैको एकदमै ठूलो सहयोग छ, मेरी पत्नीको पनि एकदमै ठूलो सहयोग छ, उनले चाहेको भए पहिल्यै रोक्न सक्थिन् । तर, उनले रोकिनन्,’ फेडेररले भने ।

यो अवसरमा टेनिसका लिजेन्ड रोड लेभर, हलिउडका सेलेब्रिटी ह्युज ग्रान्ट लगायत पनि उपस्थित थिए ।

हाल विश्व नम्बर एक कार्लोस अल्काराज र इगा स्वायटेकले टेलिभिजनमा हेर्दै भाभुक ट्वीट गरेका थिए । यस्तै, स्वीस डेभिस कपमा फेडेररका टिममेट रहेका स्टान वावरिन्काले पनि टेलिभिजनमा हेरिरहेको भन्दै ट्वीट गरेका थिए ।

फेडेरर घुँडाको समस्याका कारण डबल्स खेल्न मात्रै सक्ने अवस्थामा थिए । अन्त्यमा फेडेररले कुनै समस्या बिना खेल सकाएको भन्दै मजाक समेत गरेका थिए ।

‘मैले पूरा गरेँ,’ फेडेररले भने, ‘खेल उत्कृष्ट थियो । म खुशी हुन सक्दिन ।’

समर्थक र टेनिसका लागि फेडेरर के हुन् ?

फेडेरर आफ्नो खेल र कीर्तिमानको संग्रहालयका लागि मात्रै होइन, विश्वभरका लाखौं समर्थकका सम्पत्ति हुन् । उनी टेनिसका हालसम्मकै सबैभन्दा लोकप्रिय खेलाडीसमेत हुन् ।

उनको खेल शैलीले विश्वभरका टेनिस समर्थकको मन जितेको थियो । नम्र र भलादमी व्यक्तित्वका धनी फेडेरर मन नपराउने कमै छन् । फेडेररले टेनिसलाई पनि उछिने । कसैका लागि त उनले संसारलाई नै पछि पारे ।

खेलअघि सयौं समर्थक फेडेररके नाम÷ब्रान्ड अंकित लुगा तथा एसोसेरिजसहित ओटू एरिना पुगेका थिए ।

ह्याट, टि–सर्ट, स्कार्फ, ब्यानर र कानमा लगाउने गहनासमेतले फेडेररकै झल्को दिन्थे । स्वीटजरल्यान्डका केही झन्डाहरु पनि एरिनामा फहराइएको थियो । पोल्यान्डबाट आएका फेडेररका एक समर्थकले उनलाई ‘टेनिसका राजा’ भनेर प्रशंसा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो