मेलबर्न । दुई पटककी ग्रान्डस्लाम च्याम्पियन सिमोना हालेप अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् ।
गत वर्षको क्वार्टरफाइनलबाटै बाहिरिएकी हालेपले बिहीबार भएको दोस्रो चरणको खेलमा विश्व वरियताको ८३औं स्थानकी बिट्रज हड्डाड मायालाई ६–२ ६–० को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् ।
सन् २०१८ मा फाइनलसम्म पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहेकी हालेपले चौथो चरण प्रवेशका लागि मोन्टेनेग्रोकी डांका कोभिनिचसँग खेल्नेछिन् । हालेपले पोल्यान्डकी माग्डालेन फ्रिचलाई ६–४ ६–३ को नतिजामा पराजित गरेकी थिइन् ।
डांका गत वर्षकी युएस ओपन च्याम्पियन इम्मा राडुकानुलाई ६–४ ४–६ ६–३ को नतिजामा पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
