काठमाडौं । बेलायती स्टार इमा राडुकानु विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएकी छन् । सेन्ट्रल कोर्टमा राडुकानु न्युजिल्यान्डकी लुलु सुनसँग २-१ को सेटमा पराजित भइन् ।
पहिलो सेट २-६ ले गुमाएकी राडुकानुले दोस्रो सेट ७-५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत दिएकी थिइन् । तर तेस्रो तथा निर्णायक सेट २-६ ले गुमाएपछि राडुकानुको यात्रा तेस्रो चरणमै सिमित बनेको थियो ।
सुनले सेमिफाइनल प्रवेशका लागि क्रोएसियाकी डोना भिकीचको सामना गर्नेछिन् । भिकिचले स्पेनकी पउला बाडोसालाई २-६, ६-१, ६-४ ले पराजित गरेकी थिइन् ।
यसैगरी जास्मिन पाओलिनी र इमा नाभारोले भने क्वार्टरफाइनल यात्रा तय गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
