फ्रेन्च ओपन टेनिस

चोटका करण फ्रेन्च ओपनबाट बाहिरिए जोकोभिच

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच चोटका करण फ्रेन्च ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्व नम्बर एक सर्वियन स्टार जोकोभिचले क्वार्टरफाइनल अन्तर्गत नर्वेका कास्पर रुडविरुद्धको खेल त्यागेका थिए ।

चौथो चरणमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोसँगको खेलका क्रममा जोकोभिचको घुँडामा चोट लागेको थियो । चोटबम बाबजुद उनले खेल ३-२ ले आफ्नो पक्षमा पारेका थिए ।