माघ १८, २०८२ आइतबार | १०:५७:४१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सान्त्वना जित निकाल्दै बाहिरियो नेपाल

ललितपुर। नेपालले एटिएफ यु-१२ टेनिस टिम च्याम्पियनसिप(दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजमा बुधबार सान्त्वना जित हात पारेको छ ।

समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई ३-० को सोझो सेटमा पराजित गर्यो । यसअघि नेपालले श्रीलंका र पाकिस्तानसँग हार ब्यहोरेको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६-०,६-३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६-२,६-३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६-०,६-२ को सेटमा हराए ।

 नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३–० ले हराए । यससँगै ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेशको सामना गर्नेछन् ।

यसैगरी गर्ल्समा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्यो । सिंगल्समा लियङ सानुथी वोङले सारा पन्तलाई ६-०,६-० तथा दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६-०, ६-१ को सोझो सेटमा हराए । डबल्समा लियङले हेवासाम र पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६-४, ६-३ को सेटमा पराजित गरे ।

नेपालको यो लगातार तेश्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसंग पराजित भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।