काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएकी छन् ।
पोलिस स्टार स्वायटेक शनिबार चेक रिपब्लिककी लिन्डा नोस्कोभासँग २-१ को सेटमा पराजित भइन् । रोड लेभर एरिनामा पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी स्वायटेकले त्यसपछिका दुई सेट ३-६ र ४-६ ले गुमाइन् ।
नोस्कोभाले चौथो चरणमा युक्रेनकी एलिन स्भिटोलिनाको सामना गर्नेछिन् । स्भिटोलिनाले स्विस खेलाडी भिक्टोरिजा गोलुबिकलाई ६ २, ६ ३ को सोझो सेटमा निरास बनाउँदै चौथो चरणको यात्रा तय गरेकी हुन् ।
यसैगरी शनिबार नै समपन्न खेलमा जित हात पार्दै भिक्टोरिया अजारेन्काले पनि चौथो चरणमा स्थान पक्का गरेकी छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
