माघ १७, २०८२ शनिबार | ०७:२६:१०
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

खुला टेनिस प्रतियोगिताः माहिका, अभिलाषा, आइशा र सुनिरा सेमिफाइनलमा

काठमाडौं ।  माहिका राणा, राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा बिहिबार माहिकाले प्रकृति श्रेष्ठलाई ६-१ र ६-३ को सोझो सेटमा पराजित गरिन् ।

यसैगरी अभिलाषाले गंगा शर्माबाट वाक ओभर पाउँदा इशाले समृद्धि महर्जनलाई ६-२ र ६-२ तथा सुनिराले शुभाङ्गीलक्ष्मी शाहलाई ६-३ र ६-३ को सोझो सेटमा हराए ।

यसैगरी मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ऋतिक राणा र सुनिरा थापा, सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाह तथा निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, सम्दुप लामा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सिमान्त गुरुङ, सुब्रत बस्नेत, दावा सोनम शेर्पा र कमल भण्डारी क्वाटरफाइनलमा पुगेका छन् ।

५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, ऋषिराम पण्डित, जीवन घिमिरे र हेमचन्द्र गुरुङले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, सुदर्शन विष्ट र राजु क्षेत्री, रोहित सुनुवार र इब्राहिम मुस्लिम तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, मानबहादुर कटुवाल, चन्द्र शाही र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष डबल्समा नाम्लाङ तेन्जिङ र जाङबु शेर्पाको जोडी प्रिक्वाटरफाइनलमा पुगे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट, दीपकमान श्रेष्ठ, कर्मा घले र कलम थापाले सेमिफइनलमा स्थान बनाए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।