माघ २९, २०८१ मंगलबार | ०८:०८:०४
इन्टर मिलानको रोमाञ्चक जित न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित इन्टर मिलानको रोमाञ्चक जित न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं । चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भए ।

काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ, काठमाडौं र ललितपुरका डोजाङ प्रमुख, तेक्वान्दो पदाधिकारीले पलेशा र प्रशिक्षक लामालाई नगद,प्रशंसा पत्र तथा व्यवस्थापक श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । पलेशालाई ८७ हजार १ सय ७५ तथा लामालाई ३३ हजार रुपैयाँ प्रदान गरियो ।

यसैगरी काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले पलेशालाई समान १५ हजार तथा लामालाई समान समान १० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनलगायतले सम्मान गरे ।

गत अक्टोबर २२ देखि २८ सम्म भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के-४४ क्याटगोरीको महिला ५७ केजीमुनिमा पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।

पलेशा सोमबार चीनको सांघाइ प्रस्थान गर्दैछिन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । 

एसियाली पारा खेलकुदमा सहभागी हुन पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।
 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु