पलेशा गोवर्धन

ऐतिहासिक पदक विजेता पलेशा स्वदेश फर्किइन्

काठमाडौं । चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

पलेशासहित पदाधिकारीहरु आइतबार  नेपाल आइपुगका  हुन् । उनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का  सदस्य सचिव टंकलाल घिसिङ लगायतले स्वागत गरेका थिए ।

चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के-४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।

एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालका लागि अहिलेसम्मकै पहिलो र एक मात्र पदक हो ।