कोटेश्वर तेक्वान्दो डोजाङ

आयोजक कोटेश्वर विजेता

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ शनिबार १२ स्वर्ण, ९ रजत र १४ कांस्य पदक सहित कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा विजेता भएको छ ।

दशैंको उपलक्ष्यमा आयोजित कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी १० स्वर्ण, ८ रजत र ७ कांस्य  पदकसाथ दोस्रो स्थान रह्यो । तेस्रो स्थानको सुन्दरीमाइले  ७ स्वर्ण, ६ रजत र ७ कांस्य  पदक हात पार्योे ।

विजेतालाई ओलम्पियन तेक्वान्दो खेलाडी विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्ल, ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्ट, तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुव गुरुङ, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलगायतले पुरस्कृत गरे । एक दिने प्रतियोगितामा १३ टिमका २ सय ८ सय खेलाडी सहभागी थिए ।

निर्णायक  खड्कालाई  सम्मान

सोही अवसरमा डोजाङले नेपाली तेक्वान्दोमा योगदान पुर्याएको भन्दै  निर्णायक अशोक खड्कालाई सम्मान गरेको छ ।

ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्ल र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन  श्रेष्ठ  खड्कालाई कदर पत्रसहित सम्मान गरे ।

थुप्रै अन्तर्राष्ट्रिय र्याङकिङ तेक्वान्दो च्याम्पियन्सिपमा निर्णायकको भुमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रुपमा धेरै तेक्वान्दो खेलाडी उत्पादन गरेकोले खड्कालाई सम्मान गरिएको हो ।

गत वर्ष विश्व तेक्वान्दो च्याम्पियनसिपका खेल समेत संचालन गरिसकेका खड्काले हालसम्म २ दर्जन भन्दा बढी  अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भुमिका निर्वाह गरिसकेका छन् ।

बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याङकिङ प्रतियोगितामा सर्वोश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये १ हुन् ।