फाल्गुन ९, २०८२ शनिबार | ०७:२०:२१
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा

पलेशाले सिकेको पाठ

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको एक साता पनि भइसकेको छैन । 

महिला टोलीले पनि दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय टोलीलाई काठमाडौं निम्त्याएको छ । पहिलो खेलमा बिहीबार नेपालले २-१ को जित दर्ता गरिसकेको छ ।

क्रिकेट टोली विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखला खेल्न ओमान पुगेको छ । त्यसको तयारीस्वरुप टोलीले पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको शृंखला खेलिसकेको छ । 

राष्ट्रिय खेल भलिबलमा फ्रेन्चाइज लिग हुने घोषणा भएको छ । क्रिकेटमा फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) सुरु हुने तयारीमा छ । 

लामो समय कोभिड-१९ महामारीका कारण थला परेको नेपाली खेलकुद विस्तारै जुर्मुराउने क्रममा छ । एकाएक थुप्रै खेल गतिविधि हुन थालेका छन् । त्यसै पनि फुटबल, क्रिकेट र भलिबल नेपालमा लोकप्रिय खेल हुन् । 

यसकारण पक्कै पनि अहिले यी खेलको चर्चा व्याप्त छ । 

खेलक्षेत्रमा पछिल्लोे समय अन्तर्राष्ट्रिय फुटबल र क्रिकेट, फ्रेन्चाइज लिग क्रिकेट र त्यसमा विश्वस्तरीय क्रिकेटर अनुबन्धित हुनु अनि फ्रेन्चाइज भलिबलले चर्चा पाउनु स्वाभाविक हो । 

फुटबल विश्वकै लोकप्रिय खेल हो । यसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदा चर्चा र रौनक बढ्नु स्वाभाविक नै रहन्छ । त्यसमाथि राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी भारतविरुद्ध फुटबल भइरहँदा त्यसको चर्चा र माहोल हुने नै भयो । 

राजनीतिमा भारतले छिमेकी राष्ट्रमाथि प्रभाव जमाए पनि फुटबलमा भने फरक अवस्था सिर्जना हुन्छ । भारतमाथि आफ्ना खेलाडीले चुनौती दिँदा समर्थकका साथै आम नेपालीले नै खुसी मनाउँछन् । यसले गर्दा देश नै खेलकुदमय बन्छ र राजनीतिज्ञले पनि फुटबलमा चासो राख्ने गर्छन् । 

लगत्तै नेपाली महिला फुटबल टोलीको बंगलादेशसँगको मैत्रीपूर्ण खेलले देश फुटबलमय भएजस्तो देखिएको छ । 

यसैबीच नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो पटक फ्रेन्चाइज लिग हुने भएपछि छुट्टै रौनक आएको छ । 

यी माहोलबीच पनि छोटो इतिहास बोकेको नेपालको पारा तेक्वान्दोले निकै चर्चा पायो । नपाउनु पनि किन ? टोकियोमा गत साता सम्पन्न टोकियो पारा ओलम्पिक २०२० मा नेपालकी पलेशा गोबर्धनले आशालाग्दो सफलता दिलाइन् । 

गत शुक्रबार टोकियोस्थित माकुहारी मेसेमा पारा ओलम्पिकको के-४४ विधाअन्तर्गत ५८ केजीमुनिको स्पर्धामा उनी कांस्य पदक नजिक पुगेर स्तब्ध भएकी थिइन् । 

उनले पारा ओलम्पिकजस्तो विश्वस्तरीय प्रतिस्पर्धामा दुई खेल जितिन् । त्योभन्दा ठूलो सफलता उनी कांस्य प्रतिस्पर्धाका लागि चुनौती दिन सफल भइन् । तर, खेल सकिन १० सेकेन्ड बाँकी रहँदा ९-९ को बराबरी अवस्थामा रहेकी पलेशा विश्व नम्बर दुई चीनकी खेलाडी ली युजीसँग पराजित हुन पुगिन् । 

विश्वस्तरीय प्रतियोगिताहरूमा सहभागितामा मात्र सीमित हुने नेपालको नियतिमा उनको यो सफलताले नयाँ अध्याय कोर्‍यो । जुन पक्कै पनि चर्चायोग्य थियो । 

त्यसो त पारा तेक्वान्दोको इतिहास खासै लामो छैन । तर, थोरै समयमा नै धेरै राष्ट्रले पारा तेक्वान्दोमा सक्रियता बढाउन थाले र यसै संस्करणको जापान पारा ओलम्पिकमा ‘डेब्यु’ गर्ने अवसर पायो । जहाँ नेपालको तर्फबाट पलेशाले वाइल्ड कार्डमार्फत प्रतिस्पर्धा जनाउने अवसर पाएकी थिइन् । 

विश्व वरीयतामा १३औं स्थान रहेकी पलेशाले कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि छनोट चरणमा सहभागिता जनाउन पाएकी थिइनन् । तर, उनले पारा ओलम्पिक खेल्ने अवसर पाइन् र केही हदसम्म आफूलाई प्रमाणित गरिन् । 

पारा तेक्वान्दोमा राज्यको लगानी पर्नसके विश्वस्तरीय पदक टाढा नरहेको उनले संकेत गरिन् । उनी आफैंले पनि भनेकी छन्, ‘मेरो लक्ष्य पेरिस पारा ओलम्पिकसम्म खेल्नु हो ।’ 

टोकियोमा देशका लागि पदक जित्ने लक्ष्य पूरा नभए पनि त्यसका लागि व्यक्तिगत रूपमा आफूले अन्तिम क्षणसम्म लडेको उनको बुझाइ छ ।

‘समग्रमा खेल राम्रो रह्यो । तथापि मेरो लक्ष्य पूरा हुन सकेन । म स्वर्णका लागि त्यहाँ गएको थिएँ । तर, सफलता पाउन सकिनँ । म भूतबारे सोच्दिनँ र भविष्यतर्फ केन्द्रित हुनेछु,’ ओलम्पिकबाट धेरै पाठ सिकेको बताउँदै उनले आफ्नो लक्ष्यबारे भनिन्, ‘आगामी विश्व च्याम्पियनसिप र ओलम्पिक खेल्ने गरी आफूलाई तयार पार्छु ।’ 

पारा ओलम्पिकको सफलतापछि उनी विश्व वरीयताको पाँचौं स्थानमा पुगेकी छन् । पारा ओलम्पिकमा तेस्रो वरीयताका खेलाडीलाई पनि हराएपछि उनको वरीयतामा सुधार आएको हो । 

पलेशाले हारबाट पाठ सिकेर अगाडि बढ्ने लक्ष्य राखेकी छन् । ‘यो मेरो सुरुआत हो । अझै मैले आफूलाई प्रमाणित गर्न बाँकी छ । पारा ओलम्पिकमा मेरो पदक जित्ने लक्ष्य जीवितै छ,’ पलेशाको अठोट छ ।

कांस्य पदक भिडन्तमा पलेसालाई हराउने ली सन् २०१९ मा टर्कीमा सम्पन्न विश्व च्याम्पियनसिपकी च्याम्पियन हुन् । लीलाई यस पारा ओलम्पिकमा स्वर्ण दाबेदार मानिएको थियो । तर, सेमिफाइनलमा पराजित भएपछि उनले पलेशासँग कांस्यका लागि प्रतिस्पर्धा गर्नुपरेको थियो । 

पलेशाविरुद्धको कांस्य पदक भिडन्त उनका लागि सहज रहेन । एरिनामा बलियो उपस्थिति जनाउने क्रममा पलेशाले पहिलो राउन्डमा लीलाई ४-२ ले पछि पारेकी थिइन् । 

‘सबै खेलमा मैले नै अग्रता लिएँ । मेरो लक्ष्य स्पष्ट थियो, प्रतिद्वन्द्वीमाथि सुरुमा नै दबाब बढाउने । त्यहीअनुरूप लीविरुद्ध पनि एट्याकिङ रणनीति बनाएको थिएँ । अग्रता पनि लिएँ र तर अन्तिममा चुकें,’ पलेशाले टोकियोको निर्णायक भिडन्त स्मरण गरिन् । 

केही वर्ष अगाडिसम्म पनि नेपाली खेलकुदमा काठमाडौं बागबजारकी पलेशाको कुनै पहिचान थिएन । राम्रोसँग पढ्नु उनको लक्ष्य थियो । रियो ओलम्पिकअघिको ओलम्पिक डे चित्रकलामा तेस्रो भएकी उनले एक दिन पारा ओलम्पियन बन्नेछु भन्ने कल्पना नै गरेकी थिइनन् । 

सन् २०१६ ओलम्पिक डेको चित्र कोरेकी उनको लक्ष्य एकाएक फेरियो । पारा ओलम्पिकमा स्वर्ण जित्ने उनको सपना बन्यो । तथापि, उनले तेक्वान्दो खेल्न थालेको चाहिँ ५ कक्षा पढ्दादेखि नै हो । तर, त्यो सोखमा सीमित थियो । त्यही सोख अहिले उनको लक्ष्यमा बदलिएको छ । 

सहभागितामा मात्र सीमित हुने नेपालको परम्परामा विजयरेखा कोरिइसकेकी उनीबाट पारा तेक्वान्दोमा जस्तोसुकै लक्ष्य पनि स्वाभाविक लाग्छ । उनको जीवन परिवर्तनको सञ्जिवनी पनि बन्न सक्छ । र, कयौं फरक क्षमताका मानिसका लागि मार्गनिर्देश । 

त्यसैले उनी पनि यो अवसर त्यसै खेर जान दिने पक्षमा छैनन् । किनकि यहाँसम्म पुग्न उनले निकै संघर्ष गरिसकेकी छन् । विश्व च्याम्पियनसिप र एसियाली प्रतिस्पर्धामा प्राप्त जित स्वादले उनमा देशलाई सफलतातर्फत डोर्‍याउने थप महत्वाकांक्षा बढेको छ । 

१८ वर्षीया पलेशाले सात अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये सन् २०१९ मा भियतनाममा सम्पन्न पाँचौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । विश्व च्याम्पियनसिपमा समेत उनले पाँचौं स्थान हात पारेकी थिइन् । 

अबको लक्ष्य भने उनको विश्व च्याम्पियन बन्नेछ । अर्को ओलम्पिक र विश्व च्याम्पियनसिपका लागि तयार हुने उनको लक्ष्य छ । त्यसैले उनी भन्छिन्, ‘यो मेरो सुरुआत हो । त्यसैले नतिजा पक्कै आउने छ  ।’ 

नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामा पनि पलेशाको प्रदर्शनलाई उच्चस्तरको सफलता मान्छन् । ‘पदकमात्रै सबैथोक होइन । तर, उनले पदकका लागि धेरै लडेकी थिइन् । पारा ओलम्पिकमा विश्वस्तरीय खेलाडीलाई हराउनु पनि ठूलै सफलता हो,’ प्रशिक्षक लामाले सुनाए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||