पलेशा गोवर्धन

पारा ओलम्पियन पलेशा चीन जाने

काठमाडौं । पारा ओलम्पियन पलेशा गोवर्धन तेक्वान्दो प्रशिक्षण गर्न तथा आर्किटेक्चर इन्जिनियर अध्ययन गर्न सोमबार चीन प्रस्थान गर्ने भएकी छन् ।

पलेशाले शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चरमा अध्ययन गर्नेछिन् ।

आगामी २०२३ अक्टोबर २२ देखि २८ सम्म चिनमा हान्झाउ एशियाली पारा खेलकुद हुँदै छ । पारा तेक्वान्दो खेलबाट गोवर्धनले सहभागिता जनाउने छिन् ।

पलेशा चीनमा राम्रो तेक्वान्दो क्लबमा प्रशिक्षण गरेर हान्झाउ एसियाली पारा खेलकुदमा सहभागि हुने छिन् ।

नेपाल तेक्वान्दो संघले चीनको तेक्वान्दो संघ संग समन्वय गरेर तेक्वान्दो प्रशिक्षणको व्यवस्थाको मिलाउने प्रयास भइरहेको प्रशिक्षक लामाले जनाएका छन् ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ, केन्द्रिय सदस्य बब्लु शिवाकोटी र राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा लगायतले पलेशालाई विदाइ गरेका थिए ।

गोवर्धन विश्व वरियतामा ७औं स्थानमा छिन् । टोकियो  पाराओलम्पिकमा पलेशाले अमेरिका, सर्वियाका खेलाडीलाई हराउँदा चाइनिज  खेलाडी ली युलीसँग पराजित भएकी थिइन् ।

बहराइनमा भएको युथ एसियली खेलकुदमा एतिहासिक स्वर्ण पदक जितेको हुनाले चीनमा पनि नेपालले पलेशाबाट पदकको ठुलो आशा गरेको छ ।