वैशाख २६, २०८२ शुक्रबार | १४:५८:४०
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

आइटिएफ तेक्वान्दोः काभ्रेपलान्चोक टिम च्याम्पियन

आइटिएफ तेक्वान्दोमा उत्कृष्ट खेलाडी चुनिएका आरएन महतो र सुस्मिता तामाङ

हेटौंडा । काभ्रेपलान्चोक जिल्ला दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दोको टिम च्याम्पियन भएको छ ।

काभ्रेपलान्चोक हुप्रा चौरमा मंगलबार सम्पन्न स्पर्धामा कुल १० स्वर्ण, ६ रजत र एक कास्यसहित टिम च्याम्पियन भएको हो ।

चितवन ६ स्वर्ण, दुई रजत र दुई कास्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कास्य जित्यो ।

त्यस्तै चौथो स्थानको को काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कास्य पदक जित्यो । ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । छैटौं स्थानमा रहेको  नुवाकोटले एक स्वर्ण र चार कास्य पदक हासिल गरेको थियो ।

दुई दिनसम्म संञ्चालन भएको प्रतियोगिताको पुरुषमा चितवनका आरएन महतो र महिलामा चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी चुनिए।

 आइटिएफ तेक्वान्दोमा प्याटर्नतर्फ १२ तथा फाइटमा १७ गरी कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

 प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजत विजेताले चार हजार र कास्य विजेताले तीन हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए ।

तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन
यस्तै तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ । काठमाडौं आठ स्वर्ण, तीन रजत र  दुई कास्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।  

हुप्राचौरमा भएको प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र दुई  कास्यका साथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले दुई स्वर्ण, दुई रजत र एक कास्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा पुरुषतर्फ नुवाकोटका धनबहादुर तामाङ तथा महिलातर्फ सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP