जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोः अशोकलाई रजत

फाइल तस्बिर

काठमाडौं । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूह अन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अर्का खेलाडी नन्द विष्टले कास्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

सो प्रतियोगितामा अशोकले आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रविन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।