चैत्र ८, २०८२ आइतबार | १९:५५:४७
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

अन्तर वडा टेबल टेनिसः पुरुष टिम इभेन्टमा वडा ११ लाई स्वर्ण

पाटन। वडा ११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ ।

 फाइनलमा वडा ११ का नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य, स्व.पुष्परत्न शाक्य र राजिप वज्राचार्यको टोलीले वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीलाई ३-२ ले पराजित गरे ।  यो स्पर्धामा वडा १२ र वडा ९ तेश्रो भए ।

पुष्परत्न टिम इभेन्टको सूचीमा भएपनि यो स्पर्धा खेल्नुअघि नै उनको निधन भएको थियो । टिममा भने उनको नाम निधन हुनुअघि नै समावेश गरिएको थियो। सम्मान स्वरुप वडा ११ को टोलीले स्व। पुष्परत्नको नाम पनि सूचीमा समावेश गराएको हो । केहि दिनअघि यहि प्रतियोगिता खेल्ने क्रममा उनको हृदयघाटका कारण निधन भएको थियो ।

यु-१६ ब्वाइज सिंगल्समा वडा २० का इरिश शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य पदक जिते । उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कांस्य पदक हात पारे ।

यु-१२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान वज्राचार्यले कांस्य पदक जिते । सो स्पर्धाको गर्ल्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो