माघ १६, २०८२ शुक्रबार | ००:०७:५३
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना

काठमाडौं । खेल खालि खेल मात्र हुन्न, यो त सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् ।

यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम मूलत: विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । महासंघले एसियाका केही देशलाई यो कार्यक्रमका लागि चयन गर्ने क्रममा उद्देश्य राखेको छ, टेबल टेनिस कोही पनि महिलाका लागि विकासको अवसर होस ।

यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् । सन्ध्या र मुना दुवै पूर्व राष्ट्रिय च्याम्पियन हुन् ।

'सन्ध्या र मुनाकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरीहरू खुसी र उत्साहित छन् । त्यति मात्र होइन्, पूर्व राष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वा:ले किशोरीहरूलाई समाजमा खेलकुदको महत्त्वबारे विशेष कक्षाले सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो,' टेबल टेनिस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमका संयोजक धर्ममान वज्रचार्य हुन् । संघका उपाध्यक्ष समेत रहेका वज्राचार्यले कार्यक्रममा महिला खेलाडीको सहभागिता बढाउन संघले जोड दिने बताए ।

यस्तै ती किशोरीले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका हस्ती खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाएको संघले जनाएको छ ।

कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए । त्यसै अवसरमा राखेप विभागीय प्रमुख तथा बोर्ड सदस्य कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्त्वबारे जोड दिएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।