चैत्र ११, २०८२ बुधबार | १८:१८:१८
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना

काठमाडौं । खेल खालि खेल मात्र हुन्न, यो त सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् ।

यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम मूलत: विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । महासंघले एसियाका केही देशलाई यो कार्यक्रमका लागि चयन गर्ने क्रममा उद्देश्य राखेको छ, टेबल टेनिस कोही पनि महिलाका लागि विकासको अवसर होस ।

यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् । सन्ध्या र मुना दुवै पूर्व राष्ट्रिय च्याम्पियन हुन् ।

'सन्ध्या र मुनाकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरीहरू खुसी र उत्साहित छन् । त्यति मात्र होइन्, पूर्व राष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वा:ले किशोरीहरूलाई समाजमा खेलकुदको महत्त्वबारे विशेष कक्षाले सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो,' टेबल टेनिस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमका संयोजक धर्ममान वज्रचार्य हुन् । संघका उपाध्यक्ष समेत रहेका वज्राचार्यले कार्यक्रममा महिला खेलाडीको सहभागिता बढाउन संघले जोड दिने बताए ।

यस्तै ती किशोरीले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका हस्ती खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाएको संघले जनाएको छ ।

कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए । त्यसै अवसरमा राखेप विभागीय प्रमुख तथा बोर्ड सदस्य कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्त्वबारे जोड दिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो