चैत्र ६, २०८२ शुक्रबार | १९:४३:५६
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

पौडी: सोमबार ९ मध्ये ६ स्वर्ण आर्मीले जित्यो, ७ कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलुकदको पौडीमा सोमबार विभागीय महारथी त्रिभुवन आर्मी क्लबले ९ मध्ये ६ स्वर्ण पदक जितेको छ । पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा आर्मीका नासिर हुसेनले नयाँ राष्ट्रिय कीर्तिमानसहित पुरुष ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते ।

उनले यसअघि आफ्नै नाममा रहेको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै ४ मिनेट ०८.६४ सेकेन्डको रेकर्ड बनाए । सोही स्पर्धामा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का आशिष सापकोटाले ४ मिनेट २२.४५ को समयसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न ४ मिनेट २५.७४ सेकेन्ड खर्चिएका बागमतीका एर्भिन श्रेष्ठले कास्य जिते ।

पुरुष १०० मिटर बटरफ्लाइमा पनि नासिरले नयाँ कीर्तिमानसहित स्वर्ण जिते । उनले यसअघि आफ्नै नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान तोड्दै ५७.८६ को नयाँ रेकर्ड बनाए ।

सोही इभेन्टमा एनआरएनएका आशिषले ५९.६८ मा दूरी पार गर्दै रजत जिते । निर्धारित दूरी पार गर्न ५९.७३ मिनेट खर्चिएका आर्मीकै अनुभव सुब्बाले कास्य जिते ।

सोमबार नै भएको महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ४३.२३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित आर्मीकै डुवाना लामाले स्वर्ण पदक जितिन् । यो इभेन्टमा यसअघि २ मिनेट ४४.२८ सेकेन्डको कीर्तिमान डुवानकै नाममा थियो ।

 सोही स्पर्धा आर्मीकै उपास्टी महर्जनले २ मिनेट ५६.९७ को समयसहित रजत पदक जितिन् ।

निर्धारित दूरी पार गर्न ३ मिनेट ०.०३ सेकेन्ड खर्चिएकी नेपाल पुलिस क्लबकी अदिप्सा वैद्यले कास्य जितेकी छन् ।

पुरुष ५० मिटर ब्याकस्ट्रोकमा आर्मीकै अलेक्जेन्डर साहले २७.४७ सेकेन्डको कीर्तिमान बनाउँदै स्वर्ण जिते । यसअघि २७.५४ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो । सोही इभेन्टमा २९.६१ को समयसहित एपिएफका तेन्जिङ नाम्दो रायन गुरुङले रजत पदक जिते ।

यस्तै, पुरुष ४०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीका अनुभव सुब्बा, दीलिप थापामगर, नासिर हुसेन र अलेक्जेन्डर साहको टिमले ३ मिनेट ४५.५१ को कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि यो कीर्तिमान नेपाल पुलिस क्लबका खेलाडीहरुको नाममा थियो ।

महिला ८०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीका अनुशिवा तण्डुकार, उपास्टी महर्जन, डुवाना लामा र गौरिका सिंहको टिमले ९ मिनेट २७.७३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जिते ।

सोही इभेन्टमा नेपाल पुलिसका आर्या महर्जन, सरासी खड्का, समिरा थापामगर, मेगान गुरुङको टिमले १० मिनेट ०१.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते ।

१० मिनेट ०९.५७ सेकेन्डमा निर्धारित दूरी पार गर्ने बागमती प्रदेशका रोशा न्यौपाने, श्रेनु महर्जन र सारिया महर्जनले कास्य पदक जिते ।

यसबाहेक आजै भएको महिला १०० मिटर बटरफ्लाइमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले गौरिकाको तीन वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण पदक जितिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले बनाएको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले सोमबार निर्धारित दूरी पार गर्न १ मिनेट ०७.७४ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।

सोही इभेन्टमा नेपाल पुलिस क्लबकी मेगान गुरुङले १ मिनेट १४.५२ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् । कास्य पदक जितेकी बागमतीकी रोशाले १ मिनेट १८.७४ सेकेन्ड समय खर्चिएकी थिइन् ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएकै आशिषले २ मिनेट २९.६० सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जिते । यसअघि सुभम श्रेष्ठले २०१९ मा २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

यही इभेन्टमा २ मिनेट ३०.७६ सेकेन्ड खर्चिएका प्रदेश १ का विकाश कुमालले रजत पदक तथा २ मिनेट ३६.७४ सेकेन्ड खर्चिएका बागमतीका सेरेन सिंहले कास्य पदक जिते ।

तेस्रो दिन सकिँदा पौडीका २७ मध्ये १६ स्वर्ण पदकसहित आर्मी शीर्ष स्थानमा छ । आर्मीले ५ रजत र ६ कास्य पदक जितेको छ । एनआरएन ६ स्वर्ण, ६ रजतसहित दोस्रो स्थानमा छ । एपिएफ ३ स्वर्ण, ४ रजत र ३ कास्यसहित तेस्रो स्थानमा छ ।

पुलिस १ स्वर्ण, ५ रजत, ९ कास्यसहित चौथो र प्रदेश १ एक स्वर्ण, ३ रजत र १ कास्यसहित पाँचौं स्थानमा छ । चार रजत, र ८ कास्य जितेको बागमती छैटौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो