माघ १६, २०८२ शुक्रबार | ००:२५:१७
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

पौडी: सोमबार ९ मध्ये ६ स्वर्ण आर्मीले जित्यो, ७ कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलुकदको पौडीमा सोमबार विभागीय महारथी त्रिभुवन आर्मी क्लबले ९ मध्ये ६ स्वर्ण पदक जितेको छ । पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा आर्मीका नासिर हुसेनले नयाँ राष्ट्रिय कीर्तिमानसहित पुरुष ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते ।

उनले यसअघि आफ्नै नाममा रहेको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै ४ मिनेट ०८.६४ सेकेन्डको रेकर्ड बनाए । सोही स्पर्धामा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का आशिष सापकोटाले ४ मिनेट २२.४५ को समयसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न ४ मिनेट २५.७४ सेकेन्ड खर्चिएका बागमतीका एर्भिन श्रेष्ठले कास्य जिते ।

पुरुष १०० मिटर बटरफ्लाइमा पनि नासिरले नयाँ कीर्तिमानसहित स्वर्ण जिते । उनले यसअघि आफ्नै नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान तोड्दै ५७.८६ को नयाँ रेकर्ड बनाए ।

सोही इभेन्टमा एनआरएनएका आशिषले ५९.६८ मा दूरी पार गर्दै रजत जिते । निर्धारित दूरी पार गर्न ५९.७३ मिनेट खर्चिएका आर्मीकै अनुभव सुब्बाले कास्य जिते ।

सोमबार नै भएको महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ४३.२३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित आर्मीकै डुवाना लामाले स्वर्ण पदक जितिन् । यो इभेन्टमा यसअघि २ मिनेट ४४.२८ सेकेन्डको कीर्तिमान डुवानकै नाममा थियो ।

 सोही स्पर्धा आर्मीकै उपास्टी महर्जनले २ मिनेट ५६.९७ को समयसहित रजत पदक जितिन् ।

निर्धारित दूरी पार गर्न ३ मिनेट ०.०३ सेकेन्ड खर्चिएकी नेपाल पुलिस क्लबकी अदिप्सा वैद्यले कास्य जितेकी छन् ।

पुरुष ५० मिटर ब्याकस्ट्रोकमा आर्मीकै अलेक्जेन्डर साहले २७.४७ सेकेन्डको कीर्तिमान बनाउँदै स्वर्ण जिते । यसअघि २७.५४ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो । सोही इभेन्टमा २९.६१ को समयसहित एपिएफका तेन्जिङ नाम्दो रायन गुरुङले रजत पदक जिते ।

यस्तै, पुरुष ४०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीका अनुभव सुब्बा, दीलिप थापामगर, नासिर हुसेन र अलेक्जेन्डर साहको टिमले ३ मिनेट ४५.५१ को कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि यो कीर्तिमान नेपाल पुलिस क्लबका खेलाडीहरुको नाममा थियो ।

महिला ८०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीका अनुशिवा तण्डुकार, उपास्टी महर्जन, डुवाना लामा र गौरिका सिंहको टिमले ९ मिनेट २७.७३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जिते ।

सोही इभेन्टमा नेपाल पुलिसका आर्या महर्जन, सरासी खड्का, समिरा थापामगर, मेगान गुरुङको टिमले १० मिनेट ०१.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते ।

१० मिनेट ०९.५७ सेकेन्डमा निर्धारित दूरी पार गर्ने बागमती प्रदेशका रोशा न्यौपाने, श्रेनु महर्जन र सारिया महर्जनले कास्य पदक जिते ।

यसबाहेक आजै भएको महिला १०० मिटर बटरफ्लाइमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले गौरिकाको तीन वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण पदक जितिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले बनाएको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले सोमबार निर्धारित दूरी पार गर्न १ मिनेट ०७.७४ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।

सोही इभेन्टमा नेपाल पुलिस क्लबकी मेगान गुरुङले १ मिनेट १४.५२ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् । कास्य पदक जितेकी बागमतीकी रोशाले १ मिनेट १८.७४ सेकेन्ड समय खर्चिएकी थिइन् ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएकै आशिषले २ मिनेट २९.६० सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जिते । यसअघि सुभम श्रेष्ठले २०१९ मा २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

यही इभेन्टमा २ मिनेट ३०.७६ सेकेन्ड खर्चिएका प्रदेश १ का विकाश कुमालले रजत पदक तथा २ मिनेट ३६.७४ सेकेन्ड खर्चिएका बागमतीका सेरेन सिंहले कास्य पदक जिते ।

तेस्रो दिन सकिँदा पौडीका २७ मध्ये १६ स्वर्ण पदकसहित आर्मी शीर्ष स्थानमा छ । आर्मीले ५ रजत र ६ कास्य पदक जितेको छ । एनआरएन ६ स्वर्ण, ६ रजतसहित दोस्रो स्थानमा छ । एपिएफ ३ स्वर्ण, ४ रजत र ३ कास्यसहित तेस्रो स्थानमा छ ।

पुलिस १ स्वर्ण, ५ रजत, ९ कास्यसहित चौथो र प्रदेश १ एक स्वर्ण, ३ रजत र १ कास्यसहित पाँचौं स्थानमा छ । चार रजत, र ८ कास्य जितेको बागमती छैटौं स्थानमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।