चैत्र १२, २०८२ बिहीबार | २०:०६:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गौरिकाको प्रदर्शन औसतमात्र

काठमाडौं, (खेलाडी)- जारी टोकियो ओलम्पिकमा उच्च प्रदर्शनको अपेक्षा गरिएकी नेपाली पौडीवाज गौरिका सिंह औसत प्रदर्शनमा सिमित हुँदा उनको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । 

गौरिका हिटबाटै बाहिरिएपछि टोकियो ओलम्पिकमा सहभागि पाँच नेपालीमध्ये चार खेलाडीको चुनौती समाप्त भएको छ ।

टोकियो एक्वाटिक्स सेन्टरमा बुधबार भएको सय मिटर फ्रिस्टाइलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेकी गौरिका १ मिनेट ००.११ सेकेन्डको टाइमिङका साथ चार खेलाडी समावेश आफ्नो हिटमा तेस्रो भइन् । कुल ५१ जना सहभागी उक्त विधामा गौरिका ५०औं स्थानमा रहिन् । उनले आफ्नै हिटमा रहेकी ग्वामकी खेलाडी मिनेरी गोमेजलाई मात्र पछि पारिन् । 

बुधबारकै हिटमा अस्ट्रेलियाकी इम्मा म्याककिओनले ५२.१३ मा निर्धारित दुरी पार गर्दै ओलम्पिकमा नयाँ कीर्तिमान कायम गरिन् । यसै विधामा स्विडेनकी साराह सोस्ट्रोमको नाममा ५१.७१ को विश्‍व कीर्तिमान छ । 

यद्यपि, ओलम्पिकमा मध्यम प्रदर्शन गरे पनि गौरिकाले आफ्नो व्यक्तिगत समयमा भने सुधार गरिन् । ग्वानझाउमा सम्पन्‍न १८औं फिना विश्‍व च्याम्पियनसिपमा गरेको १ मिनेट ००.६२ सेकेन्डको प्रदर्शन उनको व्यक्तिगत उत्कृष्‍ट समय थियो । 

गौरिकाको बर्हिगमनसँगै नेपालका गौरिका, सुटिङकी कल्पना नेपाली, जुडोकी सोनिया भट्ट र पौडीकै एलेक्जेन्डर शाहको चुनौती समाप्त भएको छ । अब यस ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालको अन्तिम चुनौती एथलेटिक्सकी सरस्वती चौधरीले पेश गर्नेछिन् । उनले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छिन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो