माघ १८, २०८२ आइतबार | ११:१३:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

शाहको राष्‍ट्रिय कीर्तिमान

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपालका पाँच मध्ये तेस्रो खेलाडीको पनि प्रारम्भिक चरणबाटै चुनौती समाप्त भएको छ । 
    
टोकियो एक्वेटिक्स सेन्टरमा मंगलबार सम्पन्‍न पौडीको सय मिटर फ्रिस्टाइलमा नेपालका एलेक्जेन्डर शाह हिट चरणबाटै बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको तेस्रो खेलाडीको चुनौती पनि प्रारम्भिक चरणबाटै समाप्त भएको हो । 

५३.४१ सेकेन्डको टाइमिङका साथ सात खेलाडी रहेको आफ्नो हिटमा पहिलो भए पनि एलेक्सलाई अघिल्लो चरण प्रवेशका लागि त्यो प्रदर्शन पर्याप्त भएन । कुल ७० खेलाडीले प्रतिस्पर्धा गरेको विधामा उनी ५९औं स्थानमा रहे । 

हिटबाटै बाहिरिए पनि एलेक्सको प्रदर्शन नेपालको राष्‍ट्रिय कीर्तिमान बनाउन भने पर्याप्त बन्यो । एलेक्सले आफ्नै नाममा रहेको ५६.२८ सेकेन्डको राष्‍ट्रिय कीर्तिमानमा सुधार गरे । उनको पुरानो उत्कृष्‍ट समय ग्वान्झाउमा सन् २०१८ मा भएको १८औं फिना विश्‍व च्याम्पियनसिपको हो । 

नेपाली पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले खेलाडीले गरेको मेहनतअनुसार ओलम्पिकजस्तो ठूलो प्रतिस्पर्धामा आफ्नो समय सुधार गर्न सफल भएको बताए ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । अब १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेकी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।