काठमाडौँ । जगतमान श्रेष्ठको अध्यक्षतामा नेपाल पौडी संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनमा श्रेष्ठको प्यानलै विजयी भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान चुनिए ।
यसैगरी महासचिवमा इश्वर कार्की, सचिवमा क्रमश रञ्जन भट्टराई, गंगालाल गोले, कोषाध्यक्षमा दिलिप बैद्य, सह-कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ छानिए ।

सदस्यमा दिपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गंगालाल सिंगार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गरुङ छन् ।
योसँगै नेपाल पौडी संघमा अशोकरत्न बज्राचार्यको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
