
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फकी स्वर्ण पदक विजेता अनु अधिकारीको सोमबार घुँडाको शल्यक्रिया गरिएको छ ।
कात्तिक ४ गते गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा उनी फाइनल खेलमा लडेकी थिइन । त्यसक्रममा उनको घुँडाको लिगामेन्ट च्यातिएको थियो । यद्धपी उनले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन ।
अनुको सोमबार ललितपुरस्थित बी एण्ड बी हस्पिटलमा घुँडाको शल्यक्रिया गरिएको हो ।
चिकित्सकका अनुसार अनु पूर्णरुपमा फिट हुँदै मैदान फर्कन नौ देखी १० महिना लाग्नेछ ।