असार २२, २०८२ आइतबार | ०१:१९:०२
पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा

सद्भाव र सुवासलाई संयुक्तरुपमा अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्ष स्थानमा छन्।

 सद्भाव र सुवासले ३६ होलको समाप्तीपछि समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।

गोकर्ण गल्फ क्लबमा बुधबार राष्ट्रिय टोलीका खेलाडी सद्भावले ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिए। सुवासले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्ष स्थान बाँडे।

दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए। यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६-अन्डर १ सय ३८ स्कोर गरे।

४-अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन्। भुवनले ४-अन्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गरे।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन्। दुवैले आज इभन-पार ७२ को कार्ड बनाए।

 समग्रमा २-अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन्। बुधबार उनले २-अन्डर ७० स्कोर गरे। इभन-पार ७२ सहित समग्रमा १-अन्डर १ सय ४३ सहित दिनेश प्रजापति दशौं स्थानमा छन्।

३६ होलको समाप्तीमा ७-ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन्।

प्रोफेसनलतर्फ रवी खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवनकुमार रोक्का, धनबहादुर थापा, दल बहादुर गुरुङ, रामे मगर, पुर्णप्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंकबहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २-अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन्। यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए।

युवा एमेच्योर सद्भाव ले दिनको सुरुआत बर्डीबाट गरे। यसपछि तेस्रो देखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक-एक सट बचाए। सातौं होलको बोगीले फ्रन्ट नाइन ५-अन्डर ३१ मा पुरा गरे। त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

पहिलो दिनका लिडर तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। छैटौं र आठौं होलमा एक-एक सट खेर फाले। १२औं होलमा बर्डी प्रहार गरे पनि १४औं र १८औं होलमा बोगी खेपे। ब्याक नाइन १-ओभर ३७ मा सकाए।

धरानका प्रोफेसनल गल्फर नीेरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। उनले तेस्रो देखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे। ११औं, १२औं र १५औं होलमा एक-एक सट बचाए भने १४औं र १६औं होलमा बोगी प्रहार गरे।

यसैगरी साबिक विजेता शुक्रले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा एक(एक सट बचाए भने आठौं होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे भने ११औं र १३औं होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्धारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता छ।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत आठ मध्ये सात वटा प्रतियोगिता सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । 

यो प्रतियोगिताले अर्को सिजनको नम्बर एक खेलाडीको छिनोफानो समेत गर्नेछ।

 


भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL