मंसिर २७, २०८२ शनिबार | ००:२५:३७
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

रविलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्काले एकल अग्रता लिएका छन् ।  

सोमबार ५-अन्डर ६७ को स्कोरमा रविले साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि परेका छन् । सुवासले ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे ।

३-अन्डर ६९ को स्कोरमा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो-गल्फर भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।

२-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्तरुपमा सातौं स्थानमा छन् । १-अन्डर ७१ स्कोर गरेका दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे ।

रविले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । त्यसपछि ब्याक नाइनमा उनले १२ र १७औं होलमा एक/एक सट बचाए । १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पूरा गरे ।

सुवासले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । छैटौं होलमा बर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक/एक सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०, १२ र १६औं होलमा बर्डी प्रहार गरे ।  सुवासले ५-पारको १५औं होलमा इगलको सफलता हात पारे ।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्तरुपमा शीर्ष स्थानमा रहे । उनीहरूले ३-अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ दुई स्ट्रोकले पछि पारेका छन् ।

निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे । छैटौं होलमा एक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । यसपछि ११ र १४औं होलमा बर्डी तथा १५ र १८औं होलमा बोगी खेपे । ब्याक नाइन इभन-पार ३६ खेले ।

राहुलले फ्रन्ट नाइन १-अन्डर ३५ तथा ब्याक नाइन २-अन्डर ३४ मा सकाए । उनले कुल पाँच बर्डी र दुई बोगी प्रहार गरे । वाङ्चेनले १-अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II