कार्तिक २९, २०८२ शनिबार | ००:४९:४०
कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर

पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त

काठमाडौं । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसँग ४-२ ले पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपाल घरेलु टोलीसँग निराश बन्यो ।

उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा, एम अमिनिजोनोभाले गोल गर्दा नेपालका लागि गिता राना, सवीता रानामगरले गोल गर्दा सावित्रा भण्डारीको प्रहार पहिलो बारको पोलमा लागेर फर्किएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् ।

खेलको दोस्रो मिनेटमै आबबुलेएभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । फेरुजा टुर्डिबोएभाको प्रहारलाई रक्षक गीता रानाले हेडमार्फत ब्लक गरे पनि बक्स भित्र कुनै पनि निगरानीमा नरहेकी खाबिबुलेएभाले पहिलो बारमा गोल गरिन् ।

उज्वेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान लिउडमिला कराचिकको क्रसले गोलकिपर अन्जना रानमगरलाई विट गर्दै समीक्षा घिमिरेको खुट्टामा लागेर जाली चुमेको थियो । 

खेलको २४औं मिनेटमा सावित्राले गोल फर्काइन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर अगाडि ‘बाउन्स’ हुँदै गोलमा परिणत भएको थियो ।

निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा उज्वेकिस्तानले पेनाल्टी अवसरलाई सदुपयोग गर्दा खेल ३-१ को स्थितिमा पुग्यो । सरस्वती हमालले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि उज्वेकिस्तानले सेटपीसको अवसर पाएको थियो । उक्त अवसरमा सोयीमोभा चुकिनन् । उनले प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन् ।
नेपालले दोस्रो हाफमा ‘वान म्यान एडभान्टेज’को फाइदा उठाउँदै दुई गोल गर्यो । खेलको ७१औं मिनेटमा गित रानाले नेपालका लागि दाेस्राे गाेल गरिन् । 

चार मिनेटपछि नै सावित्राले व्यक्तिगत दोस्रो गाेल गर्दा नेपाल ३-३ काे बराबरीमा आयो । 

दोस्रो हाफको अन्तिम १५ मिनेट र इन्जुरी समय उज्वेकिस्तानलाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President