फाल्गुन ७, २०८२ बिहीबार | ०७:०४:४२
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त

काठमाडौं । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसँग ४-२ ले पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपाल घरेलु टोलीसँग निराश बन्यो ।

उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा, एम अमिनिजोनोभाले गोल गर्दा नेपालका लागि गिता राना, सवीता रानामगरले गोल गर्दा सावित्रा भण्डारीको प्रहार पहिलो बारको पोलमा लागेर फर्किएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् ।

खेलको दोस्रो मिनेटमै आबबुलेएभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । फेरुजा टुर्डिबोएभाको प्रहारलाई रक्षक गीता रानाले हेडमार्फत ब्लक गरे पनि बक्स भित्र कुनै पनि निगरानीमा नरहेकी खाबिबुलेएभाले पहिलो बारमा गोल गरिन् ।

उज्वेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान लिउडमिला कराचिकको क्रसले गोलकिपर अन्जना रानमगरलाई विट गर्दै समीक्षा घिमिरेको खुट्टामा लागेर जाली चुमेको थियो । 

खेलको २४औं मिनेटमा सावित्राले गोल फर्काइन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर अगाडि ‘बाउन्स’ हुँदै गोलमा परिणत भएको थियो ।

निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा उज्वेकिस्तानले पेनाल्टी अवसरलाई सदुपयोग गर्दा खेल ३-१ को स्थितिमा पुग्यो । सरस्वती हमालले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि उज्वेकिस्तानले सेटपीसको अवसर पाएको थियो । उक्त अवसरमा सोयीमोभा चुकिनन् । उनले प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन् ।
नेपालले दोस्रो हाफमा ‘वान म्यान एडभान्टेज’को फाइदा उठाउँदै दुई गोल गर्यो । खेलको ७१औं मिनेटमा गित रानाले नेपालका लागि दाेस्राे गाेल गरिन् । 

चार मिनेटपछि नै सावित्राले व्यक्तिगत दोस्रो गाेल गर्दा नेपाल ३-३ काे बराबरीमा आयो । 

दोस्रो हाफको अन्तिम १५ मिनेट र इन्जुरी समय उज्वेकिस्तानलाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||