काठमाडौं । फ्रेन्सले युएइएफ महिला युरोपियन च्याम्पियनसिको आफ्नो पहिलो खेलमा साबिक विजेता इङ्ल्यान्डविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै समूह ‘डी’ को फ्रान्सले तीन अंक जोडेको छ । उपाधि रक्षा लक्ष्यमा रहेको इङ्ल्यान्डका लागि सुखद सुरुआत हुन सकेन ।
लेट्जिग्रन्ड रंगशालामा फ्रान्सलाई जित दिलाउन मारी-एन्टोइनेट काटोटो र स्यान्डी बाल्टिमोरले गोल गरे । इङ्ल्यान्डका लागि केइरा वाल्शले गोल फकाइन् ।
खेलको ३६औं मिनेटमा काटोटोको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । तीन मिनेटपछि नै बाल्टिमोरले टोलीको अग्रता दोब्बर बनाइन् ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा बाल्शले इङ्ल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL