माघ १६, २०८२ शुक्रबार | ०८:५१:०२
ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

सूर्य नेपाल वेस्टर्न ओपनः सञ्जय सम्मिलित टोलीलाई प्रो-एम उपाधि

पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ।

पोखरा स्थित पार-६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवालले कुल एक सय ३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए।

प्रो निरज तामाङ सम्मिलित टोली कुल एक सय २३ अंक जोडेर दोस्रो भएको छ। नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुन कुमार कार्कीले २९ अंक जोडे। यसैगरी एक सय सात अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो। बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे।

महिलातर्फ सुष्मा सिग्देलले ३२ अंक सहित उत्कृष्ट कार्डको ट्रफी जितिन् । प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।


स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे।

शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक- अन्डर दुई सय ६ स्कोरका साथ उपाधि जितेका थिए। सञ्जय लामा र भुवन नगरकोटीले एक-ओभर दुई सय आठ स्कोर गर्दै सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए। २३ औं संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार थियो।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।