चैत्र १७, २०८२ मंगलबार | ०७:५९:०४
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

सूर्य नेपाल वेस्टर्न ओपनः सञ्जय सम्मिलित टोलीलाई प्रो-एम उपाधि

पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ।

पोखरा स्थित पार-६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवालले कुल एक सय ३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए।

प्रो निरज तामाङ सम्मिलित टोली कुल एक सय २३ अंक जोडेर दोस्रो भएको छ। नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुन कुमार कार्कीले २९ अंक जोडे। यसैगरी एक सय सात अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो। बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे।

महिलातर्फ सुष्मा सिग्देलले ३२ अंक सहित उत्कृष्ट कार्डको ट्रफी जितिन् । प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।


स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे।

शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक- अन्डर दुई सय ६ स्कोरका साथ उपाधि जितेका थिए। सञ्जय लामा र भुवन नगरकोटीले एक-ओभर दुई सय आठ स्कोर गर्दै सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए। २३ औं संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो