माघ ३, २०८२ शनिबार | ०२:२४:१७
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

ऐतिहासिक रजत विजेता सुस्मा सम्मानित

काठमाडाैं । थाइल्यान्डमा भएको एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुस्मा तामाङ सम्मानित भएकी छन् ।

सुस्मालाई ओलम्पियन पौडिवाज शिरिष गुरुङको फाउन्डेसनले आइतबार एक कार्यक्रमकाबीच २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सुस्माले महिला ४८ केजी तौल समूहमा  रजत जितेकी हुन् । बुधबार सम्पन्न फाइनलमा सुस्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५-० ले पराजित भएकी थिइन् । त्यसअघि उनी भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो ।

सुस्मालाई  पछिल्लाे समय  फाउन्डेसनले छात्रवृति उपलब्ध गराइरहेको छ । उनलाई फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सम्मानित गरिन ।

‘पहिले देखि नै राम्रो अनुभव भएर प्रतियोतिामा मैले रजत पदक प्राप्त गरेको थिए’,सुस्माले भनिन् ,‘यसले आगामी दिनमा  अझै राम्रो गर्नुपर्छ हौसला बढेको छ ।’

कार्यक्रममा फाउन्डेसनका विज्ञहरू बक्सिङका पुर्व मुख्य प्रशिक्षक एवम राष्ट्रिय खेलकुद परिषद  तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, नेपाली तेक्वान्दोकी शीखर महिला ओलम्पियन संगीना बैध्य, भलिबलका कपिलकिशोर श्रेष्ठ, एथ्लेटिम्सका सुशीलनरसिंह राणा र फाउन्डेसनका कार्यालय सचिव जगतमान श्रेष्ठलगायतको उपस्थिति थियो ।


 प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खोलाडीको सहभागिता थियो ।  

यसैगरी महिलातर्फ नै ५७ केजी तौल समुहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल  र ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेका थिए ।

पुरुषतर्फ ८६ केजी तौल समुहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पराजित हुँदै कास्य पदक जितेका थिए ।

लालप्रसाद उप्रेती पुरुषतर्फ ४८ केजी तौल समुहमा फिलिपिनी मुक्केबाज दुरेन्टमार्क लेफ्चर तथा इन्द्र राई ५७ केजी तौल समुहमा मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग क्वाटरफाइनलमा पराजित हुँदा पदक विहिन बने ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate