चैत्र १२, २०८२ बिहीबार | १३:५३:१६
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

ऐतिहासिक रजत विजेता सुस्मा सम्मानित

काठमाडाैं । थाइल्यान्डमा भएको एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुस्मा तामाङ सम्मानित भएकी छन् ।

सुस्मालाई ओलम्पियन पौडिवाज शिरिष गुरुङको फाउन्डेसनले आइतबार एक कार्यक्रमकाबीच २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सुस्माले महिला ४८ केजी तौल समूहमा  रजत जितेकी हुन् । बुधबार सम्पन्न फाइनलमा सुस्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५-० ले पराजित भएकी थिइन् । त्यसअघि उनी भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो ।

सुस्मालाई  पछिल्लाे समय  फाउन्डेसनले छात्रवृति उपलब्ध गराइरहेको छ । उनलाई फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सम्मानित गरिन ।

‘पहिले देखि नै राम्रो अनुभव भएर प्रतियोतिामा मैले रजत पदक प्राप्त गरेको थिए’,सुस्माले भनिन् ,‘यसले आगामी दिनमा  अझै राम्रो गर्नुपर्छ हौसला बढेको छ ।’

कार्यक्रममा फाउन्डेसनका विज्ञहरू बक्सिङका पुर्व मुख्य प्रशिक्षक एवम राष्ट्रिय खेलकुद परिषद  तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, नेपाली तेक्वान्दोकी शीखर महिला ओलम्पियन संगीना बैध्य, भलिबलका कपिलकिशोर श्रेष्ठ, एथ्लेटिम्सका सुशीलनरसिंह राणा र फाउन्डेसनका कार्यालय सचिव जगतमान श्रेष्ठलगायतको उपस्थिति थियो ।


 प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खोलाडीको सहभागिता थियो ।  

यसैगरी महिलातर्फ नै ५७ केजी तौल समुहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल  र ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेका थिए ।

पुरुषतर्फ ८६ केजी तौल समुहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पराजित हुँदै कास्य पदक जितेका थिए ।

लालप्रसाद उप्रेती पुरुषतर्फ ४८ केजी तौल समुहमा फिलिपिनी मुक्केबाज दुरेन्टमार्क लेफ्चर तथा इन्द्र राई ५७ केजी तौल समुहमा मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग क्वाटरफाइनलमा पराजित हुँदा पदक विहिन बने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो