माघ १५, २०८२ बिहीबार | २२:०८:२७
दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित

बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न माग


काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले माघ १५ गतेका लागि तय साधणसभा रोक्न माग गरेका छन् ।

नेपाल बक्सिङ संघको नेतृत्व विगत लामो समयदेखि एलौटी र स्वेच्छाचारी  ढंगबाट चल्दै आएको तथा बहुसंख्यक पदाधिकारीको जानकारीविना माघ १५ गते साधरणसभा तय गरेकाले त्यसलाई रोक्न भट्टाचार्य र सुजखुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा छुट्टाछुट्टै निवेदन दिएका हुन् ।

नेपाल बक्सिङ संघले माघ १५ मा ललितपुरको क्लासिक बेङ्क्वेटमा वार्षिक साधरणसभा आह्वान गरेको थियो ।

‘हामीलाई थाहै नदिई अध्यक्ष निकटका २-४ जना व्यक्तिलाई भेला पारेर बैठक बोलाउने अनि आफूखुसी निर्णय गरेर पूर्ण कार्यसमितिको बिल्ला भिराउने काम निमार्थ स्वीकार्य छैन । नेतृत्वको यस प्रकारको स्वेच्छाचारी प्रवृत्तिप्रति हामी घोर आपत्ति जनाउन चाहन्छौं’, निवेदनमा भनिएको छ, ‘त्यसैले माघ १५ गतेका लागि बोलाइएको साधारणसभा रोक्न जोडदार रुपमा माग गर्दछौं ।’
निवेदनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै महासचिव र कोषाध्यक्ष पदको अवमूल्यंन गर्दै बैठकको सूचना पनि जानकारी नगराई आफू निकट व्यक्तिहरु बसेर एकलौटी निर्णयहरु गर्दै आएको उल्लेख गरिएको छ । 

गत भदौंमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग भएको बैठकमा संस्थापन पक्षले सबैलाई समेटेर सामूहिक निर्णय लिने सहमति विपरीत संस्थापन पक्ष अहिले पनि पेलेरै जाने मनस्थितिबाट प्रेरित भएको निवेदनमा उल्लेख गरिएको छ । 

उनीहरुले नेपाल बक्सिङ संघले जबरजस्ती विभिन्न जिल्ला संघ थपेको र थप गरिएका जिल्लालाई वैधानिकता साधारणसभाले दिने भए पनि विगत ६ वर्षदेखि साधारणसभा नै आयोजना गर्न नसकेको आरोप  समेत लगाएका छन् ।

यस्तै निवेदनमा नेपाल बक्सिङ संघको वर्तमान कार्यसमिति विधानसम्मत नरहेको र चार वर्षको कार्यकाल सकिएको संघमा विधान विपरीत सदस्यहरु मनोनीत गरिएको उल्लेख गर्दै पहिले संघबाट राजीनामा दिएका व्यक्तिलाई पनि बहुमत पु¥याउनकै लागि पुनः सदस्य बनाइएर राखिएको जिकिर गरिएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।