चैत्र ११, २०८२ बुधबार | २०:४१:४५
एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप

बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न माग


काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले माघ १५ गतेका लागि तय साधणसभा रोक्न माग गरेका छन् ।

नेपाल बक्सिङ संघको नेतृत्व विगत लामो समयदेखि एलौटी र स्वेच्छाचारी  ढंगबाट चल्दै आएको तथा बहुसंख्यक पदाधिकारीको जानकारीविना माघ १५ गते साधरणसभा तय गरेकाले त्यसलाई रोक्न भट्टाचार्य र सुजखुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा छुट्टाछुट्टै निवेदन दिएका हुन् ।

नेपाल बक्सिङ संघले माघ १५ मा ललितपुरको क्लासिक बेङ्क्वेटमा वार्षिक साधरणसभा आह्वान गरेको थियो ।

‘हामीलाई थाहै नदिई अध्यक्ष निकटका २-४ जना व्यक्तिलाई भेला पारेर बैठक बोलाउने अनि आफूखुसी निर्णय गरेर पूर्ण कार्यसमितिको बिल्ला भिराउने काम निमार्थ स्वीकार्य छैन । नेतृत्वको यस प्रकारको स्वेच्छाचारी प्रवृत्तिप्रति हामी घोर आपत्ति जनाउन चाहन्छौं’, निवेदनमा भनिएको छ, ‘त्यसैले माघ १५ गतेका लागि बोलाइएको साधारणसभा रोक्न जोडदार रुपमा माग गर्दछौं ।’
निवेदनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै महासचिव र कोषाध्यक्ष पदको अवमूल्यंन गर्दै बैठकको सूचना पनि जानकारी नगराई आफू निकट व्यक्तिहरु बसेर एकलौटी निर्णयहरु गर्दै आएको उल्लेख गरिएको छ । 

गत भदौंमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग भएको बैठकमा संस्थापन पक्षले सबैलाई समेटेर सामूहिक निर्णय लिने सहमति विपरीत संस्थापन पक्ष अहिले पनि पेलेरै जाने मनस्थितिबाट प्रेरित भएको निवेदनमा उल्लेख गरिएको छ । 

उनीहरुले नेपाल बक्सिङ संघले जबरजस्ती विभिन्न जिल्ला संघ थपेको र थप गरिएका जिल्लालाई वैधानिकता साधारणसभाले दिने भए पनि विगत ६ वर्षदेखि साधारणसभा नै आयोजना गर्न नसकेको आरोप  समेत लगाएका छन् ।

यस्तै निवेदनमा नेपाल बक्सिङ संघको वर्तमान कार्यसमिति विधानसम्मत नरहेको र चार वर्षको कार्यकाल सकिएको संघमा विधान विपरीत सदस्यहरु मनोनीत गरिएको उल्लेख गर्दै पहिले संघबाट राजीनामा दिएका व्यक्तिलाई पनि बहुमत पु¥याउनकै लागि पुनः सदस्य बनाइएर राखिएको जिकिर गरिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो