माघ १८, २०८२ आइतबार | १२:४९:४१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न

कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनाममा पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।

प्रतियोगितामापुरुषतर्फ गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपिएफकी विनिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए ।

कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा सम्पन्न प्रतियोगितामा पुरुष ५१ केजी तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित गरे ।

महिला ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई पहिलो स्थानमा रहिन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।

पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बागमतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लबकी लालुमाया खत्रीलाई हराइन् ।

पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई हराउँदै गण्डकीका शिव सिलवाल पहिलो भए । महिला ५२ केजीमा एपिएफ क्लबकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भइन् ।

पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा  कोशीकी नारिका गुरुङले गण्डकीकी प्रियंका गुरुङलाई निरास बनाइन् ।

यसैगरी  पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपिएपm  क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई हराउँदै पहिलो स्थान हासिल गरिन् ।

७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई हराइन् ।

पुरुष ७५केजी तौल समुहमा बागमतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर पहिलो भए । पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङ तथा ८६ केजीमा गण्डकीका किरन विकले लुम्बिनीका प्रसन थापालाई पराजित गरे ।

हरेक समूहका विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ ,प्रमाणपत्र र पदक प्रदान गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकरी दिए ।

प्रतियोगितामा महिलातर्फ १२ र पुरुषतर्फ १८ गरी ३० जना बक्सरले प्रतिस्पर्धा गरेका थिए ।

पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।