चैत्र ८, २०८२ आइतबार | ०८:०२:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न

कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनाममा पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।

प्रतियोगितामापुरुषतर्फ गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपिएफकी विनिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए ।

कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा सम्पन्न प्रतियोगितामा पुरुष ५१ केजी तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित गरे ।

महिला ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई पहिलो स्थानमा रहिन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।

पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बागमतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लबकी लालुमाया खत्रीलाई हराइन् ।

पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई हराउँदै गण्डकीका शिव सिलवाल पहिलो भए । महिला ५२ केजीमा एपिएफ क्लबकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भइन् ।

पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा  कोशीकी नारिका गुरुङले गण्डकीकी प्रियंका गुरुङलाई निरास बनाइन् ।

यसैगरी  पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपिएपm  क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई हराउँदै पहिलो स्थान हासिल गरिन् ।

७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई हराइन् ।

पुरुष ७५केजी तौल समुहमा बागमतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर पहिलो भए । पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङ तथा ८६ केजीमा गण्डकीका किरन विकले लुम्बिनीका प्रसन थापालाई पराजित गरे ।

हरेक समूहका विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ ,प्रमाणपत्र र पदक प्रदान गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकरी दिए ।

प्रतियोगितामा महिलातर्फ १२ र पुरुषतर्फ १८ गरी ३० जना बक्सरले प्रतिस्पर्धा गरेका थिए ।

पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो