माघ १८, २०८२ आइतबार | ०९:०८:५३
समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः सोनाम र भुपेन्द्र फाइनलमा

काठमाडौं । एपिएफका सोनाम सार्की र नेपाल प्रहरीका भुपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौल समूहमा फाइनल प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा शुक्रबार भएको खेलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।

पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपिएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउदै फाइनल पुगे ।

पुरुष ५७ केजीमा बागमतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छ्याउदै फाइनल भेट पक्का गरे । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन् । हेमराजले एपिएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पारे ।

पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमङ महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकाछन् ।

यसैगरी महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेसकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी तथा ५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपिएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ फाइनलमा स्थान बनाए ।

५७ केजीमा प्रहरीकी निशा तामाङले एपिएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

महिला ६० केजीमा बागमतीकी हेमा राई कर्णालीकी मनीषा खरु र एपिएफकी संगिता सुनुवार लुम्बिनीकी सुजनकुमारी कुमाल तथा ६६ केजीमा एपिएफकी विनिता थापा मगर गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङ सुदूरपश्चिमकी सपना ऐडीलाई हराउँदै फाइनल पुगेका छन् ।

७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपिएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छ्याउदै फाइनलमा स्थान बनाए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।