चैत्र १८, २०८२ बुधबार | १६:०७:३१
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः सोनाम र भुपेन्द्र फाइनलमा

काठमाडौं । एपिएफका सोनाम सार्की र नेपाल प्रहरीका भुपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौल समूहमा फाइनल प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा शुक्रबार भएको खेलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।

पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपिएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउदै फाइनल पुगे ।

पुरुष ५७ केजीमा बागमतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छ्याउदै फाइनल भेट पक्का गरे । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन् । हेमराजले एपिएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पारे ।

पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमङ महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकाछन् ।

यसैगरी महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेसकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी तथा ५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपिएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ फाइनलमा स्थान बनाए ।

५७ केजीमा प्रहरीकी निशा तामाङले एपिएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

महिला ६० केजीमा बागमतीकी हेमा राई कर्णालीकी मनीषा खरु र एपिएफकी संगिता सुनुवार लुम्बिनीकी सुजनकुमारी कुमाल तथा ६६ केजीमा एपिएफकी विनिता थापा मगर गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङ सुदूरपश्चिमकी सपना ऐडीलाई हराउँदै फाइनल पुगेका छन् ।

७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपिएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छ्याउदै फाइनलमा स्थान बनाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो