रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल

रेडिअन्ट कपः आयोजकका दुवै टोली सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिकको जुनियर ब्वाइज र सिनियर गर्ल्स दुवै टोली नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्युचाटारस्थित घरेलु कोर्टमा जुनियर ब्वाइजतर्फ रेडिअन्टले पुष्पसदनलाई २७-१० ले पराजित गर्यो । रेडियन्टको जितमा विदान कार्कीले  आठ अंक योगदान गरे । 

जुनियर ब्वाइजमै दीप रोकायाको ६ अंक सहयोगमा ग्रिनफिल्डले श्री नवीन ज्योतिलाई १७-८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

सिनियर गर्ल्समा रेडिअन्टले जेनिथमाथि २३-१७ को जित दर्ता गर्यो । विजयी टिमका लागि दिव्यान्शा कार्कीले १८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा जेनिथले विल्सन एकेडेमीलाई ५६-३१, ज्ञानोदयले निसर्गलाई ५१-२० र एन्जल लर्डले ग्रिनफिल्डलाई ३६-२७ ले स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा तय गरे । 

जेनिथका सुशिल शाहीले २०, ज्ञानोदयका दीपेश शाहीले २३ र एन्जल लर्डका रवि कार्कीले १७ स्कोर गरे ।