रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल

रेडिअन्ट कपः सेब र एन्जल लर्ड क्वार्टरफाइनलमा

काठमाडौं  । सेब र एन्जल लर्ड नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सेबले पिपुल्स एकेडेमीलाई ४५-२९ ले पराजित गर्यो । सेबको जितमा सुमित वज्राचार्यले १२ अंक योगदान गरे । रवि कार्कीको १० अंक सहयोगमा एन्जल लर्डले पुष्पसदनलाई ३५- ३४ को झीनो अन्तरले हरायो ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले माउन्ट ग्लोरीलाई ४२-१५, निसर्ग वाटिकाले बिग बुद्धलाई ४८-४१, आयोजक रेडिअन्ट पब्लिकले एनआइसीलाई ४०-२१, ग्रिनफिल्डले ओएसिसलाई ४०-३६, ज्ञानोदयले सेन्ट्रल स्टेटलाई ३७-१४ र जेनिथले न्यु भिजन एकेडेमीलाई ३३-१४ ले स्तब्ध बनाए ।

विल्सनका राजेश चौधरीले १८, निसर्गका अभनलाल श्रेष्ठले १६, रेडियन्टका लमिक योञ्जनले १९, ग्रिनफिल्डका अर्जुन बस्नेतले २०, ज्ञानोदयका दीपेश शाहीले १३ र जेनिथका अनिश गुरुङले नौं स्कोर गरे ।