काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ११५-९० ले निरास बनाउँदै टाइम्स इन्टरनेसनल कलेज नेसनल बास्केटबल लिग (एनबिएल), नेपालको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो खेलको सुरुआती ३ क्वार्टर टाइम्सले क्रमशः २५-२१, ३३-२६, २८-१५ ले आफ्नो पक्षमा पार्दा चौथो तथा अन्तिम क्वार्टर २९-२९ को बराबरीमा सकिएको थियो ।
च्याम्पियन बनेसँगै टाइम्सले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेताको टुङ्गो भने शनिबारका खेलबाट लाग्नेछ ।
लिग चरणको अन्तिम २ खेलमा शनिबार बुढानीलकण्ड बास्केटबल क्लबले रोयल स्पोर्टस सेन्ट्रल तथा होउन्डस एकेडेमी गोल्डेनगेन इन्टरनेसनल कलेजको सामना गर्नेछन् ।
शुक्रबार नै सम्पन्न खेलमा कीर्तिपुर बास्केटबल क्लबले विशाल मिलन केन्द्रमाथि ९५-७७ को जित निकालेको थियो । पहिलो सेट १७-२८ ले गुमाए पनि कीर्तिपुरले २१-१८ २३-१७, ३४-१४ ले आफ्नो पक्षमा पार्यो ।