राष्ट्रिय बास्केटबल लिग

एनबिएलको तयारी अन्तिम चरणमा

काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि २७ गतेसम्म हुने राष्ट्रिय बास्केटबल लिग, नेपाल (एनबिएल)को तयारी अन्तिम चरणमा पुगेको छ ।

ओयोजन नेपाल बास्केटबल संघले मंगलबार पत्रकारसम्मेलनमार्फ लिगको तयारी अन्तिम चरणमा पुगेका जनाकारी दियो ।

संघले आयोजना गर्ने नेपालको शीर्ष स्तरको बास्केटबल लिगमा आठ क्लबको सहभागिता रहनेछ । लिगमा सहभागी टोलीले दुई विदेशीसहित १२ खेलाडी राख्न पाउनेछन् ।

लिगमा विशाल मिलन केन्द्र, बूढानीलकण्ड बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इंटरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागिता जनाउने छन्।

लिगको प्रशारण अधिकार कान्तिपुर मिडिया ग्रुपले लिएको ।सिंगल राउन्ड रोबिन पद्धतिमा हुने लिगको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रत्येक सहभागी क्लबलाई तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक खेलको प्लेयर अफ द म्यानले ३ हजार, प्रतियोगिताकै सर्वोकृष्ट खेलाडीले ५० हजार पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा टाइम्स र कीर्तिपुर भिड्नेछन् ।

लिगकाे खेल तालिका