काठमाडौं । गोल्डेनगेटको ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोली नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छन् ।
गोल्डेनगेटसँगै जेभियर इन्टरनेसनल र सिसीआरसीको ‘ए’ र ‘बी’ टोली, नामी, क्याम्पियन, ओमेगा ‘ए’, जेम्स, ट्रिनिटी, प्रिमियर, ट्रिटन, ग्रिनफिल्ड र मनास्लु वर्ल्ड कलेज पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।
नेपाल बास्केटबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको गर्ल्समा रातो बंगला, नामी, इन्साइट भिजन, एस, जेभियर इन्टरनेसनल ‘बी’, गोल्डेनगेट, जेम्स ‘बी’ र साइपाल एकेडेमी क्वार्टरफाइनलमा पुगे ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १३ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीन स्थान हात पर्ने टोलीले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
यसैगरी ‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । प्रतियोगिता आइतबारसम्म हुनेछ ।